पहाडमा सम्भावना खोज्ने साइकल यात्री

पहाडमा सम्भावना खोज्ने साइकल यात्री

सुजता लिम्बु
विराटनगर । ‘मत गाडी चढ्न पो काठमाण्डौ आएको हौ, यतै पो अल्झिए ।’ हाँस्दै सन्तोष राई सुनाउछन् । संखुवासभा जिल्लाको सिबुवामा जन्मेका उनी व्यवसायीक साइक्लिस्ट हुन् । जुन समय उनी काठमाण्डौ हिँडे त्यो बेला संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीसम्म पनि सवारी साधन पुगेको थिएन । उनी जन्मेको गाँउ त दुरदराजको भन्दा फरक नपर्दो थियो ।
गाँउमा यातायातको अभाव खड्किएको कारण पनि गाडी चढ्ने हुटहुटीले धनकुटाको हिले पुगेका सन्तोष रहरै रहरले काठमाण्डौ हान्निए ।
१५ वर्षको उमेरमा काठमाण्डौ पुगेका सन्तोषको लागि संघर्षको बृहत मैदानमा अवसरको गल्लि उत्तिकै साँघुरो थियो । यद्यपी जिन्दगीको आरोह अवरोहसँग नडगमगाइ उनले सफलताको गन्तव्य भेट्न पाइला अगाडी बढाइरहे ।
त्यसो त उनले उच्च शिक्षा हाँसिल पनि गरेका छैनन्, दश कक्षासम्मको अध्ययन गरेर पढाइ यात्रालाई बिट मारेका उनले अनुभवको आधारमा आफूले काम गरिरहेको सुनाउछन् ।
‘काठमाण्डौमा धेरै दुःख गरे, पढ्न पुनः गाउमा फर्किए पढ्नलाई तर, एसएलसी पनि पास गरिन, ‘उनी विगत स्मरण गर्दै सुनाउछन्,‘त्यो समय सिबुवालीको झै–झगडा अहिले कथन बनेको छ, साथिभाईको संगत त्यसैले स्कुलबाट रेष्टिकेट भए, अरुलाई पास गर्न तिर लागे त्यहाँको वातावरणले गर्दा नै मलाई फटाह बनायो यसपछि म काठमाण्डौमा आए ।’
याफ्टिङबाट सुरु भयो ‘करियर’
उनको जेठा दाई काठमाण्डौमा नै बस्नु हुन्थ्यो । उहाँसँगै काम गर्ने अवसर नपाएको पनि होइन तर उनको अध्ययन कम भएकाले कतिकुरा नबुझ्दा काममा बाधा भएको अनुभव उनीसँग थुप्रै छ । जीवन बाँच्नका लागि दाजुसँगै गलैँचा बुन्ने गरेको अनुभव पनि उनी सँग छ । दःुख–सुखका तगारोहरु पन्छ्याउदै अघि बढेको उनको यात्रा केही समय ¥याफटिङमा पुगेर अल्झियो । अर्थात ¥याफटिङ चालकको रुपमा काम गर्न सुरु गरे । उनलाई यो क्षेत्रमा प्रवेश गराउने मुख्य भूमिका मनिस राईले गरेको उनी सुनाउछन् ।
‘काठमाण्डौमा धेरै दुख गरे, त्यसको भनेर साध्य नहुँदो हो, संघर्षरत यात्रामा मैले दाई मनिस राइको साथ पाए’ उनले सुनाए । ‘मैले ¥याफ्टिङ चालकको तालिम लिए, त्यसमा पास गरेपछि झण्डै तीन वर्ष यसै क्षेत्रमा काम गरे ।’ त्यहीबाट पर्यटन क्षेत्रमा रहेर काम गर्ने इच्छा जागेको उनी सुनाउछन् ।

विदेश जाने सपना कहिल्यै जागेन
गाँउले परिवेशमा हुर्किएको उनको जीवन सुखःको अनुभुति गर्न साथै स्वर्णिम भविष्य निर्माण गर्न कुनै समय उनले लाहुरे बन्ने सपना नसजाएको पनि होइन् । तर, लाहुरे हुँदा चाहिने आवश्यक तौल नहुँदा उनको सपना बीचैमा तुहिएको थियो । त्यसदिन देखि यता पलटने सपना त्यागेर नेपालमै बसेर केही गर्छु भन्ने उनले सोँच बनाएका थिए ।
लाहुरे सपना त्यागेका सुन्तोषका कतिपय गाँउका साथिभाई राजिरोटीका लागि वैदेशिक रोजगारीमा कतार, दुवई गए । तर, उनलाई कहिल्यै परदेशिने रहर नजागेको उनी सुनाउछन् ।
‘त्यो समय गाँउमा विदेश जानुपर्छ भन्ने थियो, कतिपय साथीभाईहरु गए पनि तर मलाई परदेशिनु थिएन, ’ उनले भने,‘मलाई नेपाल नै प्यारो लाग्छ, यहाँको माटो प्यारो छ त्यसैले यहीँ केही गर्छु भनेर काठमाण्डौ खाल्डोमा दुखः गरेको हो ।’

विदेशी पाहुना घुमाउँदै ‘साहसिक यात्राको अनुभव ’
कामले काम सिकाउछ भने जस्तै उनले काम गर्दै जाँदा विदेशी पाहुना घुमाउने र त्यो सँगै ठाँउ हेर्ने अवसर पाएका थिए । हरेक यात्रामा साहासिक यात्राको अनुभव संगालेको बताउने उनी त्यसपछि माउण्टेन बाइकमा आवद्ध भएर काम सुरु गरे । त्यसो त उनी साइकलिङमा प्रयोग हुने स्कट बाइसाइकलको डिलर पनि हुन् । उनले यो ब्राण्ड देशै भरका साइकल व्यवसायी समक्ष पु¥याउदै आइरहेका छन् । जाइन बाइसाइकल माउण्टेन बाइकिङका्े वर्कसप, विक्रिवितरण मात्रै गर्र्दैनन् उनी हिमालयन सिंगल ट्रयाकका सञ्चालक समेत हुन् । साइकिलिङका प्रशिक्षक समेत रहेका उनी आफ्नो कम्पनिबाट धेरै जना व्यवसायिक साइकिलिस्ट र गाइड उत्पादन गरेका छन् । तीन देशको भाषा राम्रोसँग बोल्न सक्ने उनी शिक्षा अतिआवश्यक भए पनि अनुभव सबैभन्दा बलियो प्रमाणपत्र रहेको उनको बुझाई छ । एउटा विषयलाई हजार कोणबाट काम गर्न सके सफलताको बाटो भेटिने उनी सुनाउछन् ।
‘म यो क्षेत्रमा प्रवेश गर्नु त्यति सहज थिएन, धेरै संघर्ष गरेकोछु मिहेनत, लगनशिलता हुनु जरुरी छ र निरन्तरता पनि आवश्यकता छ,’ उनी भन्छन्,‘ साइकल मेरो ‘पेसन’ थियो, ’ उनी सुनाउछन्,‘ म अन्तराष्ट्रिय रेसर पनि हो’
उनको खेल क्षेत्रमा विदेशी माटो हुँदै नेपालमा पनि योगदान रहेको छ । ४ वर्षसम्म इजराइलबाट गेम खेलेका उनी स्पेनमा माउन्टेन वाइकिङबाट काम गर्दै नेपालमा एसियन गेम खेल्न आएका थिए ।

त्यसयता नेपालमा नै केही गर्ने साँेचले गाँउमा आफूले भोगेको भागाईलाई रचनात्मक ढंगले प्रयोगमा ल्याएको बताउने उनी व्रिटिस क्याम्पमा पनि ट्रेनिङ गर्ने र आफै पनि तालिम लिने गरेको उनी बताउछन् । उनी भन्छन्,‘अरुलाई तालिम दिँदा आफूले पनि धेरै सिकिन्छ ।’
‘साइकिलिङमा सम्भावना धेरै छ’
साहिसक यात्रामा जोखिम जति अवसर पनि उत्तिनै रहेको उनको अनुभव छ । यसलाई सही तरिकाले सदुपयोग गरे आम्दानीको श्रोतको माध्यम पनि राम्रो हुने उनी बताउछन् ।
‘इन्धन बचाउ साइकल चढाँै स्वस्थ्य रहौ ’ भन्ने मुल मन्त्रका साथ साइकिलिङ क्षेत्रमा होमिएका उनी नेपालको सबैभन्दा धेरै व्यवसायिक साइकिलिस्ट आफ्नो कम्पनिबाट उत्पादन गर्छन् ।
‘यो क्षेत्रलाई चिन्न सके, आम्दानीको श्रोत सँगै स्वास्थ्यका लागि पनि फाइदा छ, नेपालको सबैभन्दा धेरै व्यवसायिक गाइड र साइकिलिस्ट हाम्रो कम्पनीले उत्पादन गरेको छ ,’ उनले भने,‘त्यसो त कति रेसरलाई हामीले स्पोन्सर पनि दिने गर्दथ्यौ तर अहिले आर्थिक तरलताले मौन छाँै ।’
जन्मभूमिमा साइकल लिएर पुग्ने इच्छा

भौगालिक र प्राकृतिक हिसाबले सुन्दर रहेको संखुवसभा जिल्ला साहासिक यात्राका लागि सम्भावना बोको स्थान रहेको उनले बताए । संसारको सबैभन्दा होचो अरुण उपत्यका र मकालु वेस क्याम्पले पनि साइकिलिङका लागि धेरै उचित स्थान रहेको उनको बुझाई छ ।
२२ वर्ष देखि आफू जन्मेको भूगोल छोडेर काण्माडौका ठमेलमा व्यवसाय गर्दै आएका उनी अब आफू जन्मेको गाँउ हुँदै मकालु बेस क्याम्पसम्म साइकिलिङ गर्दै पुग्ने इच्छा रहेको बताउछन् ।
‘ संखुवासभामा साहासिक यात्राको निक्कै सम्भावना छ, म नेपालको सबैजस्तो ठाँउमा मोउण्टेन रुट पैलाउदै पुग्छु, अपर मुस्ताङको रुट त्यहाँकोे जनसंख्या, खानपिन, वातावरणको रिसर्च गर्दै –गर्दै माउण्टेन बाइकिङको टुर गर्ने हाम्रो कम्पनी ,हो,‘ उनले भने, संखुवसभालाई जोड्न मकालु हिमाल, बरुण रष्ट्रिय निकुन्जा सबै छ ।’ यो व्यवसायलाई स्थानीय सरकारले पनि चासोको विषयमा राख्नुपर्नेमा उनले जोड दिए ।

प्लेनबाट देखेको कम्पनी खोल्ने सपना
कहिले अक्करे भिरको बाटो त कहिले खोला खोल्सिमा साइकलको पाङ्ग्रासँगै गन्तव्य खोज्दै हिँड्ने सन्तोष यो क्षेत्रमा प्रवेष गर्ने कल्पना पनि गरेका थिएनन् । तर, यही पेसा उनको लागि जीवन बनेको छ । कुनै समय रहरसँगै बाध्यताले दोड्याएर परदेशी माटोमा पुगेका सन्तोष नेपाल फर्कदै गर्दा प्लेनको झ््यालबाट देखिएको दृष्यले कम्पनी खोल्ने सपना सझाएका थिए ।
कुनै समय पैसा कमाए कम्पनी खोलेर पर्यटन क्षेत्रमा केही गर्ने उद्देश्य राखेका उनले साँझ प्लेनबाट हेर्दा अस्ताउदै गरेको सुर्यले पहेलै पारेर हिमाललाई ढाक्दा देखिएको दृस्यले व्यवसायको धारणा ल्याएको उनले बताए । त्यसैलाई आधार बनाए हिमालय सिंगल ट्र्याक नाम दिएर कम्पनी स्थापना गरेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्