यात्रुलाई गन्तव्यमा पु¥याउदैनन् सार्वजनिक सवारी

यात्रुलाई गन्तव्यमा पु¥याउदैनन् सार्वजनिक सवारी

विराटनगर । चैतको अन्तिम साता विराटनगरबाट धरान पुग्नुपर्ने थियो । त्यसैले हतार गर्दै रोडमा निस्किए । केही समयपछि धरान जाने बस आयो, त्यही बसमा हतारहार चढे ।

अलिकति अगाडी बरगाछी चोकबाट बच्चासहित एकजना महिला पनि सोही बसमा चढिन् र म बसेको सिट खाली भएकाले बस्ने अनुमति मागेर मसँगै बसिन्। हाम्रो पुग्नुपर्ने गन्तव्य पनि एकै ठाँउ भएकाले झनै सहज भयो । मलाई ११ बजेसम्ममा धरान पुग्नैपर्ने भएकाले समयमै बस चढेको थिए । तर, लोकल बस ठाँउठाँउमा यात्रु ओराल्दै र चढाउँदै गर्नाले ढिला जस्तो भएको थियो । यद्यपी यात्रा निरन्तर अगाडी बढिनै रहयो । तर जब बस इटहरी धरान लाईनमा पुगेर रोकियो सहचालकले धरान जानेहरु अर्को बसमा चढ्नु भन्दै ठूलो स्वर निकाल्न थाल्यो । त्यतिन्जेलमा चालक भने गाडीबाट झरेर कता निस्कियो पत्तो पाइएन । तर मसँगै बसेकी महिलाको असहजता र मेरो पनि धरान पुग्नुपर्ने समय कम हुँदै थियो ।

ती सहचालकसँग किन यस्तो गरेको ? यात्रुलाई किन अलपत्र पारेको ? भन्ने प्रश्नमा उनले सहजै जवाफ दिए । ‘हाम्रो मर्जि, तपाईलाई जसरी पनि ठाँउसम्म पु¥याउने जिम्मा हाम्र्रो हो, यति भन्दा पनि भएन भने जेसुकै गर्नुस् ’ चुरोट सल्काउदै अर्को बस भए तिर लम्कियो । उनको भनाईमा कुनै प्रतिक्रिया दिन नै पाइएन । जसरी गन्तव्यमा पुग्नु थियो । धरानसम्मको भाडा पनि बुझाइसकेको भए पनि अर्को बसमा असहज यात्रा गर्नु बाध्य बनेका थियाँै । त्यसो त यस्ता घटना यात्रा गर्दा मैले धेरै पटक बेहोरेकी छु । हिजो अर्थात मंगलबार हिमशिखर टेलिभिजनका प्रमुख धुव्र न्यौपानेले आफूले भोगेको भोगाइका विषय सामाजिक सञ्जालमा लेखिएको लामो स्टाटसले सवारी सहचालकहरुको दुव्र्यवाहारमा पर्ने सिमित पात्र मात्रै रहेनछन् भन्ने महसुस भयो । सवारी चालक र सहचालकहरुको मनपरितन्त्रका विषय उठान गर्नैपर्ने जरुरी थियो ।

उनलाई विराटनगरबाट दमकसम्म सार्वजनिक बसमा यात्रा गर्दा दमकसम्मको भाडा तिरे पनि उर्लाबारी पुगेपछि गाडी उर्लाबारीमा नै विश्राम लिने भन्दै सहाचालकले भनेका थिए ।
उनले समाजिक सञ्जालमा लेखेका छन्,
‘ अगाडिको गाडीमा जानुहोस भनेर कन्टक्टरले भन्नुभयो । त्यो गाडी भित्र करिब म समेत ८÷९ जना बच्चा र ठुला ठुला झोला बोकेका महिला र १÷२ पुरुष हुनुहुन्थ्यो । कन्टक्टरको तेति कुरा सुन्ने बित्तिकै विभिन्न खाले प्रतिक्रियाहरु आए । ती प्रतिक्रिया आउन थालेपछि त्यो गाडिको सबै स्टाफ हराए । अनि अर्को गाडिको खलासी आएर छिटो गर्नुहोस नत्र छोडेर हिडिदिन्छु भन्दै धम्क्याउन थाल्यो । अनि एक दुई गर्दै अगाडिको गाडीमा गएर चढ्न थाले । त्यस पछि बच्चावाला महिलाहरु यो भिडमा बच्चा बोकेर कसरी उभिनु झोला पनि छ । सिट दिनुप¥यो भनेर गाडी बाहिरै बाट भन्न थाल्नुभयो । एतिकैमा खलासिले गए जानू नगए नजानु भन्दै नराम्रा शब्द प्रयोग गरि हप्काउन थाल्यो । ती महिला निकै दुखका साथा गाडिभित्र असन्तुष्टि व्यक्त गर्दै चढुनु भयो । अनि खलासी र कन्डक्टर कुरा गर्दै धेरै बोले भने झारेर टायर मुनि हालिदिउन भनेर भने । म अहिले सम्म चुप नै थिए जब त्यस्तो शब्द सुने पछि असैय भयो र यो के भनेको भाइ भनेर भन्दा म सगै आइलागे । खलासी कालो वर्णको थियो । कडटक्टर गहुँगोरो अन्दाजी २०-२२ का केटा होलान ।
डल्फिन कम्पनिको संचालक लाई समेत अनुरोध यस्ता केटाको भरमा लाखौ रुपैया पर्ने गाडी जिम्मा नलगाउनुहोस । कुनै दिन अप्ठेरोमा पर्न सकिन्छ । अनि ट्राफिक प्रहरीले एउटा एप्स बनाउनु प¥यो ता कि सार्वजनिक यातायातमा कुनै गाडी स्टाफबाट ज्यादती भयो भने तुरुन्तै एप्सको माध्यम बाट जो कोहिले कम्प्लेन गर्न सकियोस । ता कि सोमत नभएका गाडी स्टाफलाइ अघिल्लो बसस्टपमा कार्वाही गर्न सकियोस ।’

यता, उनको स्टाटस सार्वजनिक भएपछि धेरैले यात्राका क्रममा सहचालक र चालकको यस्ता खाल्का व्यवहारले अलपत्र परेको अनुभव बताएका छन् । उनको यो घटनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले एक्सन लिएको छ । डल्फिन यातायातको बसमा यात्रा गर्ने यात्रुहरुलाई चालक तथा सहचालकले गरेको दुव्र्यवहार अपशब्द गरी बादबिाद गरेको विषयमा ध्यानाकर्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा उल्लखे गर्दै घटनाको बारेमा लेखिएको स्टाटसबाट कार्यालयको ध्यानाकर्षण भएको जानाइएको छ ।
बसमा यात्रुलाई दुव्र्यवहार गर्ने चालक सहचालकलाई कार्यालयमा झिकाई सोधपुछ गरेको र यातायात प्रा.लि.का प्रतिनिधी समेतलाई झिकाई छलफल गरीएको बताइएको छ ।

दुव्र्यवहार गर्ने सहचालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम कार्वाही गरिएको र आगामी दिनमा यस्ता खाल्का गल्ती कमि कम्जोरी नगर्ने यदि त्यस प्रकारको गल्ती गरेको पाईएमा कानुन बमोजिम कार्वाहीको भागिदार हुने भनि लिखित कागज समेत गराईए ट्राफिक प्रहरीले जनाएको छ । त्यसो त कार्वाही मात्रैले पनि नहुँदो हो सहचालक र चालकजस्तो व्यक्ति यात्रामा रहेको हरेक प्रकारका यात्रुहरुसँग जोडिने हुँदा नैतिकवान, जिम्मेवार र सभ्य हुन जरुरी छ ।

यो सँगै यात्रुहरुसँग प्रत्यक्ष जोडिने सार्वजनिक यातायातका चालक र सहचालकलाई उचित परामर्श दिन सम्बन्धित निकायले ध्यान दिनुपर्ने पनि आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्