नेपालका युवा उद्यमीहरुको लागि दुबईमा बुटक्याम्प हुने, अनलाइन आवेदन दिन सकिने

नेपालका युवा उद्यमीहरुको लागि दुबईमा बुटक्याम्प हुने, अनलाइन आवेदन दिन सकिने

आफुमा रहेको उद्यमशीलताको सिप निखार्च चाहने युवाहरुको लागि दुवईमा ग्लोबल आन्टरप्रनारसीप बुटक्याम्प हुने भएको छ। यस  बुटक्याम्पमा नेपाल सहित अन्य बिभिन्न देशका युवा उद्यामीहरुको सहभागिता हुने छ ।

दुबईमा ७ देखि १० जुलाईसम्म ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको नवौ संस्करण हुनेछ ।

४० भन्दा बढी देशबाट १२० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दिन कार्यक्रम आयोजना गरिएको आयोजक खगेन्द्र आचार्यले जानकारी दिए ।

यसभन्दा अघिक बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको ब्याङ्कक, मलेसिया  र इन्डोनेसियाको जाकार्तामा भएका थिए।

सहभागी युवाले टिम बनाएर प्रस्तुत गरेका बिजनेस आइडियाहरुले नै उक्त बूटक्याम्पको परिवर्तन प्रतिको योगदानलाई दर्शाउँछ। ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा प्रतियोगितात्मक तालिम दिइने भएकाले विजेता टिम र उत्कृष्ट टिमलाई पुरस्कृत पनि गरिनेछ।

बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भए पनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन। ‘हाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन। उद्यमशीलता सम्बन्धि बहुआयामिक अनुभवको मंचका रूपमा बूटक्याम्प स्थापित भैसकेको छ’, ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने।

बुटक्याम्पमा सहभागी हुन यहाँ जानुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्