विराटनगरका अधिकांश अभिभावकको प्रतिकृया ‘गर्मी धेरै छ, विद्यालय बन्द गरेर घरमै सिकाई गरौ’

<span class='c1'>विराटनगरका अधिकांश अभिभावकको प्रतिकृया ‘गर्मी धेरै छ,</span> <span class='c2'>विद्यालय बन्द गरेर घरमै सिकाई गरौ’</span>

तराइका जिल्लामा गर्मी चरम उत्कर्षमा पुगेको छ । विराटनगरमा पनि ४१ डिग्री देखी ४२ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मीको मारमा सबैजना परेका छन् । बालबालिका देखि बृद्धसम्म अहिले चरम गर्मी खप्न बाध्य बनिरहेका छन् । अत्यधिक गर्मीको मारमा परेको एउटा मुख्य समुह स्कुल जाने बालबालिकाहरु हुन् । चरम गर्मीमा बिद्यालय जानु/आउनु र बिद्यालयमा पर्याप्त पंखा , जेनेरेटर नहुदा यो समुह मारमा परेको छ । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले ५ दिन बिदा गर्ने निणर्य गरेको थियो भने पछिल्लो निर्णयमा महानगरपालिकाले अत्याधिक गर्मीका कारण जेठ १८ गतेदेखि बन्द गरिएका विद्यालय सञ्चालनमा ल्याउन विभिन्न मापदण्ड तोकेको थियो ।

यसैगरी कक्षा कोठा भित्रै प्रार्थना गराउन, शुद्ध पीउने पानीको प्रशस्त व्यवस्थापन मिलाउन, प्राथमिक उपचार कक्षा र सामाग्रीको व्यवस्थापन मिलाउन, पंखाको व्यवस्थापन मिलाउन, दिवा खाजा खाने वातावरण कक्षा कोठामा मिलाउन, खेलकुद गतिविधि नगराउन र गर्मीबाट जोगिने उपायका बारेमा विद्यार्थीलाई जानकारी दिन आग्रह गरिएको थियो ।

यसै विषयमा आवर विराटनगरलाई बिभिन्न माध्यमबाट यस बिषयमा रिपोर्ट गरिदिन अभिभावकबाट आएको आग्रहलाई मध्यनजर गर्दै हामीले अभिभावकको विचार बुझ्न खोजेका छौ  । हाम्रो सामाजिक संजाल फेसबुकमा सोधिएको प्रश्न थियो "विगत केहिदिनयता अत्याधिक गर्मी बढेकाले केहि विद्यालयहरु बन्द छन् भने केहि सञ्चालनमा रहेका छन् ।

तपाईहरुको विचारमा यो अवस्थामा शिक्षण सिकाइलाई कसरी सञ्चालन गर्न सकिन्छ वा केहिदिनलाई शैक्षिक संस्था बन्द गर्दा सहज होला ?"

यसमा यो समाचार तयार पर्दा सम्म २३५ वटा प्रतिक्रिया आएका छन् । आएका अधिकाँश प्रतिक्रियामा बिद्यालयलाई बिदा गरेर गर्मीमा बिद्यार्थीलाई राहत दिन सुझाब दिइएको छ । केहिले भने बिद्यालय बिहान संचालन गर्न सुझाब दिएका छन् । कमै मात्राले बिद्यालय संचालन होस् भन्ने प्रतिक्रिया दिएका छन् । प्रतिक्रियाहरु यस्ता छन् :

- मुरारी रेग्मीले लेख्नुभएको छ : "जीउ रहे मात्रै घिउ खान पाइन्छ , यसर्थ बर्खे बिदा/ गर्मी बिदा दिएर पछि मिलान गर्नु उपयुक्त हुन्छ ।"

-यस्तै लिना थापाको भनाइ यस्तो छ  "सजिलो छ दशै देखि छ्ठ सम्म दिने छुट्टी अहिले कटाउने । समय परिस्थिति हेरेर निर्णय लिनु राम्रो हो ।अहिलेको समय भनेको स्कुल खोल्ने कि बन्द गर्ने भन्ने बिषय भन्दा पनि नानिहरुलाई कसरी सुरक्षित र स्वस्थ्य राख्ने भन्ने बिषय महत्त्वपूर्ण छ ।"

-सुष्मा ढकालको प्रतिक्रिया यस्तो छ  "स्वास्थ्य भन्दा ठुलो शिक्षा हैन तसर्थ यो परिस्थितिमा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ। एकजना बच्चालाई सुरक्षित राख्न एउटा परिवारले नसकेको अवस्थामा जतिनै सुविधा सम्पन्न विधालय भएपनि अहिले केही गर्न सक्ने अवस्था छैन ।"

-यस्तै सुजित चौधरीले लेख्नु भएको छ "मेराे बिचारमा बैशाख, जेष्ठ, असार,श्रावन र भाद्र महिना सम्म बिहान ६ देखि १०:३० सम्म सबै शैक्षिक संस्था सँचालन गर्दा राम्राे हुन्थियाे है ।"

-सुरज राय लेख्नुहुन्छ "गर्मीको समयमा बिद्यालयहरु बन्द हुनु दीर्घकालीन विकल्प त होइन बरु । बिहानको कक्षा ६ बजेदेखि १०.०० बजेसम्म संचालन गर्दा उपयुक्त हुने थियो जस्तो लाग्छ ।"

-यस्तै जनक पराजुलीले लेख्नुभएको छ "ब्यवस्थापन सुधार गरी लगाउदा उपयुक्त"

-निर्मला कोइरालाको भनाइमा "कि त केही दिन बन्द गर्नुपर्छ । त्यसो नभए बिहानको समयमा पढाइ सञ्चालन गर्न सकिन्छ ।"

-यस्तै अक्षय राजले लेख्नुभएको छ "ज्यान भन्दा पढाई ठूलो हो भने लगाउनुस स्कुल हामीले के भन्ने हो र! केहि दिनको लागि गर्मी बिदा र सकेसम्म बिहानको कक्षा राम्रो होला। एसी र फेनको हावाले शरीरमा सितल त देला तर टाउको भारी हुने दुख्ने जस्ता सम्स्याहरु पनि आउन सक्छ्न तसर्थ सम्पुर्ण स्कुलहरुको वातावरणलाइ स्वछ सफा र हरियाली बनाउन सके अझ राम्रो ।"

यस्तै प्रतिक्रिया दिने अधिकांस अभिभावकहरुले बिद्यालय बन्द गर्नु पर्छ र घर मै केहि प्रयोगात्मक काम दिनुपर्छ भन्ने विचार प्रकट गर्नुभएको छ । बिद्यालयहरुले पनि पढाई र कोर्ष मात्रै हैन बिद्यार्थीको स्वास्थ्यमा गम्भीरताका साथ सोचेर निर्णय लिनु जरुरी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्