मोरङमा मनसुनजन्य विपद् : नौ खोला/नदी, कसले कुन स्थानीय तहमा पु¥याउँछ क्षति

<span class='c1'>मोरङमा मनसुनजन्य विपद् : नौ खोला/नदी,</span> <span class='c2'>कसले कुन स्थानीय तहमा पु¥याउँछ क्षति</span>

विराटनगर । मोरङमा विपद् स्तरीयकरणमा बाढी र डुबानको क्षति वर्षेनी एक नम्बरमा पर्दछ । जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ अनुसार जिल्ला नौवटा खोला÷नदी जसले वर्षेनी ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । २०६८ सालयता मोरङमा १२ हजार ५४८ घर बाढी र डुबानले क्षति पु¥याएको छ । बाढी र डुबानमा परेर ४४ जनाको मृत्यु, ६ जना घाईते र २२ करोड ६२ लाख ५१ हजार २९२ बराबरको आर्थिक क्षति पु¥याएको तथ्यांक छ ।

जिल्लामा मनसुनजन्य विपद्को जोखिम निम्त्याउनेमा नौवटा खोला÷नदी छन् । जसमा बुढी केशलिया, सिंघिया, लोहन्द्रा, चिसाङ, डाँस÷मारिया बक्राहा, रतुवा, मावा, बक्राहा, तेली खोला, सुकुना र कयर खोला रहेका छन् ।

कुन खोलाले कहाँ पु¥याउँछ क्षति ?
विराटनगर महानगरपालिकामा सिंघिया खोलाको जोखिम छ । यसले विराटनगर १ का २५५ घरपरिवार, वडा नम्बर २ का ३२५ घर, ७ का २०५ घर, ८ का ३७५ घरपरिवार, वडा नम्बर ९ का केहि घर, वडा नम्बर १४ का ९५० घर, वडा नम्बर १८ का १०० घर र वडा नम्बर १९ का ३५८ घरलाई असर गर्ने गरेको छ ।
यसैगरी केशलिया खोलाले वडा नम्बर ४ का २४ घर, ५ का ६७ घर, ६ का ७५० घर, ११ का एकसय घर, १२ नम्बर वडाका ५३६ घरलाई क्षति पु¥याउँदै आएको छ । यसैगरी यी खोला बाहेक वस्ता पैनीले वडा नम्बर ४ मा ९०२ घर र ५ मा ६५८ घरलाई डुबाउँदै आएको तथ्यांक छ । यसले वडा नम्बर ६ का झण्डै एकहजार घरलाई समेत डुबानमा पार्ने गरेको छ । यसैगरी धुधुवा खोलाले वडा नम्बर ११ धुुधुवा पूर्व टोलका ६० घरलाई क्षति पु¥याउन सक्ने संभावना रहेको छ ।

यसैगरी चेङ्गामारी पैनीले वडा नम्बर १२ मा ९० घर, वडा नम्बर १६ मा एकजहार २१८ घर प्रभावित बनाउँदै आएको छ । विराटनगरमा कुरिन्चा खोला र खदराले १९ र १५ मा डुबानको समस्या निम्त्याउने गरेको छ ।
यसैगरी मोरङको उर्लाबारी नगरपालिका भित्र प्रकारका खोलामा आएको बाढीले वस्तीलाई डुबानमा पार्ने गर्दछ । उर्लाबारीको दुःख बक्राहा नदी र रतुवा खोला मानिन्छ । त्यस बाहेक सोल्टी, राम्री, सुनझोडा तेली डुम्रे खोला, मावा छन् । यी खोलाले उर्लाबारी नगरमामा एकहजार ८४४ घरलाई वर्षेनी प्रभावित बनाउँदै आएको छ । बेलबारी नगरपालिकामा लोहन्द्रा खोला र चिसाङको जोखिम रहेको छ । रंगेलीमा बक्राहा खोला, लोहन्द्रा, चिसाङले असर गर्दै आएको छ ।

यसैगरी पथरी शनिश्चरे नगरपालिकामा लाटी होली, गोही होली, सुनझोडा, पथरी खोला, डाँस खोला, केर्खा र मोरङ्गी खोलाको जोखिम रहेको छ । सुन्दरहरैंचामा लोहन्द्रा, गछियाले क्षति पु¥याउने गरेको छ । लेटाङ नगरपालिकामा चिसाङ खोला, खेरुवा खोला, रतुवामाई नगरपालिकाका बक्राहा नदी, रतुवा नदी, सुनवर्षीमा नुआ बडाहा, चुरे खोला, जहदा गाउँपालिका लोहन्द्रा खोला, सिंघिया खोला, जुडी खोला रहेका छन् ।
विराटनगरसँग सीमा जोडिएको बुढीगंगा गाउँपालिकामा सिंघिया खदरा, बुढी खोला, खदम मदाहा र बडहराले क्षति पु¥यउने गरेको छ । यसैगरी कटहरी गाउँपालिकामा सिंघिया ढावी÷कुकुरपुला, पिछरा, लोहन्द्रा जुडी र सुखानी, धनपालथानमा लोहन्द्रा र गदिया खोला, पूर्व गदिया, भलुवा, चेका, बक्राहा, रामचोक नहर, बेतौना रहेका छन् ।

केराबारी गाउँपालिकामा जुकेपानी फाफोक बडहरे, चिसाङ र खदम खोला, हचुवा खोला, सेरामुगु पाडरे खोला, बुढी हाँडी हरहरे सेरा, बुढी मुगु हुरहुरे खोला, लोहन्द्रा तुर्के भलुवा खोला छन् । मिक्लाजुङ गाउँपालिकामा फेदापे बक्राहा, मावा नुनसरी, मावा, कानेपोखरीमा चिसाङ र डाँस खोला, ग्रामथान गाउँपालिकामा सिंघिया खोला, लोहन्द्रा, जुडी खोलामा आएको बाढीले वस्तीलाई डुबान र बाढीको जोखिममा पार्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्