विराटनगर । टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार दिउँसो कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट इटहरीको मुख्य चोकमा को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो।
सरिताकी २२ वर्षिया छोरी अनुष्का घाइते भई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा गएराति उनको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
घटनापछि प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो। तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छाड्नु परेको थियो भने दुई प्रहरी घाइते भएका छन्।
स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।
यो पनि पढ्नुहोस् : https://ourbiratnagar.net/2023/07/229204