एसइईको रिजल्ट आएका भाईबहिनिहरुलाई पत्र

<span class='c1'>एसइईको रिजल्ट आएका</span> <span class='c2'>भाईबहिनिहरुलाई पत्र</span>

सरोज कार्की
आज तपाईको परीक्षाको रिजल्ट आयो होला वा कुर्दै हुनु हुन्छ होला । मैले पनि कयौं पटक परीक्षा दिएको छु । रिजल्टको दिन मेरो पनि मुटु ठिक त्यसरी नै ढुकढुक गर्दथ्यो जसरी आज तपाईको गर्दैछ होला। म त्यसलाई महसुस गर्न सक्छु । त्यसैले तपाईलाई केहि यस्ता कुरा सुनाउन खोज्दैछु, जुन कुरा मलाई मैले कक्षा ८ को वा एसएलसीको वा कक्षा १२ को वा स्नातक परीक्षाको रिजल्ट कुर्दा कसैले सुनाईदिएको भए हुन्थ्यो जस्तो अहिले लाग्छ ।

मैले ति हरेक परीक्षाहरुको रिजल्ट यसरी कुरेको छु जसरी मृत्युदण्ड पाउन सक्ने कुनै कैदीले अदालतको निर्णय पर्खन्छ । मैले नसोचेको नतिजा आउँछ र मेरो अगाडीको जीवन कालो हुनेछ कि भन्ने डरले रिजल्ट आउने हल्ला सुरु भएपछिका कयौं रात म निदाउन सकेको छैन । नराम्रो रिजल्ट आए अरुलाई कसरी अनुहार देखाउने होला भन्ने डर उसै गरी सताएको छ । रिजल्ट हेर्दा फेल भनि लेखिएको रातो अक्षरले केहि दिनसम्म नमज्जाले घोचेको पनि छ । बाहिर ठिकठाक देखिएपनि धेरै पटक भित्र भित्रै पोलिएको छु ।

तर, आज ति दिनहरुलाई फर्केर हेर्दा यो बुझ्दैछु कि ति परीक्षा दिन पाउनु नै हामी भाग्यमानी मध्ये पर्दो रहेछौं । अझै कयौं बालबालिकाहरु ति परीक्षा दिनका लागि विद्यालय भर्ना नै भएका छैनन् । वा भर्ना भएपनि त्यस अघि नै विभिन्न बाध्यताले ड्रपआउट भएका छन् ।
अनि अर्को कुरा ति स्कुले परीक्षा भन्दा कयौं गुणा ठुला परीक्षाहरु मैले स्कुल अनि कलेज भन्दा बाहिर दिनु परेको छ ।
तर, जब ति हरेक परीक्षाका नतिजा आए । म सबै पटक सफल भईन, कयौं पटक म असफल भएँ । को चैं हरेक परिक्षामा सफल हुन सक्छ र ? थोमस एडिसनले कयौं पटक असफल भएर पनि बल्बलाईट बनाएको कथा कति सुनाउनु ? यस अघि नै तपाईले एडिसनको मात्र होईन वाल्ट डिज्ने, अमिताभ बच्चन, अल्बर्ट आईन्स्टाईन, अब्राहम लिंकन अनि स्वतन्त्र व्यक्तिबाट धरानको मेयर चुनिएका हर्क साम्पाङ्गहरुको विभिन्न परीक्षामा फेल भएर पनि निरन्तर लागि परेर सफल भएकाहरुको कथा थाहा पाईसक्नु भएको छ ।

कयौं खेलाडीहरु टिमबाट ड्रप भएका छन् । कयौं कलाकारहरु अडिसनबाटै फालिएका छन् । जागिरको लागि सबै अन्तरवार्ता दिनेहरु सफल हुदैनन् । सबै प्रेम प्रस्ताव स्विकृत हुनेछैनन् । खोलिएका हरेक व्यवसाय सफल हुने छैनन् । तर ति हरेक असफलताहरुले आफ्ना कमजोरीहरुलाई पहिचान गर्न । अझ बढि लगनका साथ तयारी गर्न वा ति कुराहरु अर्थहिन छन् कि भन्ने महसुस गरेर ः मुभ अन (अगाडी बढ्न) का लागि तपाई हामीलाई अझ बढि परिपक्व बनाउदछन् । जीवनमा ‘मुभ अन’ गर्नु पनि वुद्धिमानी हुन्छ भन्ने कुरा यिनै असफलताहरुले त सिकाउँदछ । यी वास्तविक जीवनका परीक्षाहरुले अगाडी तपाईलाई पर्खिरहेका छन् ।

अहिले पुराना केहि स्कुले साथीहरुलाई हेर्छु । पास हुनेहरु र फेल हुनेहरुमा कुनै भिन्नता छैन । दुबै जीवनमा संघर्ष गर्दैछन् । अहिले हामीहरुको लागि त्यो रिजल्ट को त्यति महत्व नै छैन जति महत्व हुन्छ भनेर हामीलाई हाम्रो शिक्षक र अभिभावकहरुले तर्साएका थिए । हामीले परीक्षा अभिभावक , शिक्षक, साथी भाई अनि छिमेकिको लागि दिएको होईन । उनीहरुले के भन्छन् महत्व राख्दछ तर हामी के सोच्छौं भन्ने भन्दा बढि होईन ।

अहिले हामीले बुझेका छौं कि एउटा परीक्षा पास गर्दैमा वा एउटा परीक्षा फेल हुदैमा हुने त केहि रहेछन् । अनि सम्झन्छु त्यो रिजल्टमा फेल लेखेको देख्दा रोकिन्छ होला जस्तो लागेको जीवन । यदि हामीमा आत्मविश्वास छ भने कुनै हारले पनि रोकिदैन रहेछ । । ठुलो कुरा गर्न त खोजेको होईन तर आज रिजल्ट हेर्दै गर्दा तपाईमा पनि केहि निराशा, डर, लाज, पिडा वा अध्याँरो छ भने फिकर नट । फेल वा पास चाहे जे भएपनि यो चभकगति ले तपाईलाई माईनस होईन प्लस गर्नेछ । विश्वास गर्नुहोस् । यो रिजल्टलाई जितेर अगाडी बढिसकेपछि तपाई जब दश, बीस, तिस या चालिस वर्ष पछि कतै आफ्नो जीवनको कथा सुनाउदै गर्नु हुनेछ । तब यो रिजल्टको बारेमा हाँस्दै कुरा गर्नु हुनेछ । अनि भन्नु हुनेछ, ‘तर मैले हार मानिन’!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्