मैत्रिपूर्ण खेलमा युनाइटेडद्वारा आर्सनल पराजित

<span class='c1'>मैत्रिपूर्ण खेलमा युनाइटेडद्वारा</span> <span class='c2'>आर्सनल पराजित</span>

म्यानचेस्टर युनाइटेडले सिजन सुरु हुनुअघिको मैत्रिपूर्ण खेलमा आर्सनललाई २-० ले पराजित गरेको छ। ब्रुनो फर्नान्डेस र जाडोन सान्चोले पहिलो हाफमा गरेको २ गोलनै युनाइटेडलाई आर्सनललाई पराजित गर्न पर्याप्त रह्यो।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा करिब ८२ हजार बढी दर्शकको उपस्थिति रहेको थियो। नयाँ कप्तानका रुपमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई सिजनमा बलियो रहेको संकेत दिए। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको युनाइटेडेले दोस्रो हाफमा भने थप गोल गर्न सकेन भने आर्सनलले पनि युनाइटेडविरुद्ध गोल फर्काउन सकेन।

खेल अवधिभर आर्सनलले पनि राम्रा मौका सिर्जना गरिरहेपनि गोल गर्न भने चुक्यो। अन्तिम समयमा युनाइटेडका अमद डियालोलाइ चोटका कारण गुमाउन पुगेको थियो।

खेलको अन्ततिर एक-अर्काका समर्थक समेत मैदानमा भिड्दा केही समय तनाव बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्