एसीसी इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै

एसीसी इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै

एसीसी इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै छन् । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

यस प्रतियोगितामा भारत ‘ए’ र पाकिस्तान ‘ए’ दोस्रो पटक भिड्दैछन् । यसअघि दुवै समूह समूह चरणको अन्तिम खेलमा आमनेसामने भएका थिए। कोलम्बोमै पाकिस्तानको टोली पहिले ब्याटिङ गर्दै २०५ रन बनाएर अलआउट भएको थियो । भारत ‘ए’ प्रतियोगिताको एकमात्र अपराजित टोली हो भने पाकिस्तान ‘ए’ ले समूह चरणमा भारतसँग मात्र हार बेहोरेको थियो ।

पाकिस्तानले सेमिफानलमा घरेलु टोली श्रीलंकालाई ६० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । रोमाञ्चक सेमिफाइनलमा भारतले बंगलादेशलाई ५१ रनले हराएको थियो । भारतका कप्तान यश धुलले ४ खेलमा औसतमा १९५ रन बनाएर प्रतियोगिताको दोस्रो सर्वाधिक स्कोरर बनेका छन् । उनी भारत एका सर्वाधिक रनकर्तासमेत हुन् । यसबाहेक ओपनर साई सुदर्शनले पनि ४ खेलमा शतक र एक अर्धशतक प्रहार गरेका छन् । बलिङमा निशान्त सिन्धु ४ खेलमा १० विकेट लिएर प्रतियोगिताको सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् । बायाँ हाते स्पिनर मानव सुथारले पनि त्यति नै खेलमा ९ विकेट लिएका छन् । समूह चरणमा भारत एले नेपाल, यूएई र पाकिस्तानलाई पराजित गरेको थियो ।

सेमिफाइनलमा पाकिस्तान–एले श्रीलंकालाई ६० रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तान एले ३ सय २२ रनको विशाल स्कोर बनाएको थियो । समूह चरणमा उसले नेपाल र यूएईलाई हराएपनि भारतसँग ८ विकेटको पराजय बेहोरेको थियो ।

इमर्जिङ एसिया कप पहिलो पटक २०१३ मा खेलिएको थियो । सूर्यकुमार यादवको कप्तानीमा भारतले फाइनलमा पाकिस्तान–एलाई पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१७ र २०१८ मा श्रीलंका–एले पाकिस्तान–ए र भारत–एलाई हराएर लगातार २ पटक उपाधि जितेको थियो ।

पाकिस्तान–ए टोली सन् २०१९ मा च्याम्पियन बनेको थियो । त्यसपछि सन् २०२३ मा फेरि प्रतियोगिता आयोजना गरिएको हो । आजको उपाधि जित्ने टोलीले दोस्रो पटक इमर्जिङ एसिया कपको उपाधि कब्जा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्