विदेशी विश्वविद्यालयको सम्बन्धनमा पठन-पाठन गराउँने शिक्षण संस्थालाई व्यवस्थित गर्ने तयारी

<span class='c1'>विदेशी विश्वविद्यालयको सम्बन्धनमा पठन-पाठन गराउँने</span> <span class='c2'>शिक्षण संस्थालाई व्यवस्थित गर्ने तयारी</span>

विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा उच्चशिक्षाका विभिन्न विषयको पठन-पाठन भइरहेको छ । त्यस्ता शिक्षण संस्थाको नियमन, गुणस्तर, छात्रवृत्तिका प्रावधान खुकुलो रहेको भन्दै शिक्षा मन्त्रालयले व्यवस्थित गर्ने तयारी गरेको छ । त्यसका लागि विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्चशिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिकालाई नै परिवर्तन गरिने भएको छ ।

नेपालमा विदेशी शिक्षण संस्थाको सम्बन्धन लिई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ८७ वटा क्याम्पस छन् । यी क्याम्पसमा २२ हजारभन्दा बढी विद्यार्थी छन् । यस्ता शिक्षण संस्थाले सूचना प्रविधि, साइबर सेक्युरिटी,  एनिमेसन, हस्पिटालिटी म्यानेजमेन्ट, व्यवस्थापन लगायतका विषयको पठनपाठन गराइरहेका छन् । तर यस्ता शिक्षण संस्थाको सम्बन्धन प्रक्रिया मात्र नभई छात्रवृत्ति, स्थानान्तरण र नियमन लगायतमा प्रावधान खुकुलो भएकाले धेरै समस्या आएको भन्दै शिक्षा मन्त्रालयले २० वर्ष अघि बनेको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्चशिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका परिवर्तनको प्रक्रिया थालेको हो ।

त्यसो त शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा चलेका शिक्षण संस्थाको नियमन पनि गर्न सकेको छैन । यस्ता संस्थाको शिक्षण पद्धति र गुणस्तरमा एकरूपता छैन । उच्चशिक्षा अध्ययनका लागि बिदेसिने विद्यार्थीलाई स्वदेशमै त्यस्ता शिक्षण संस्थाको माध्यमबाट पढ्न अवसर सुनिश्चित गर्न पनि निर्देशिकालाई व्यवस्थित बनाउनुपर्ने कलेज सञ्चालक र विद्यार्थी बताउँछन् ।

उच्चशिक्षा अध्ययनका लागि यो वर्ष १ लाख १० हजार विद्यार्थी बाहिरिएका छन् । सबैले अपनत्व लिन सक्ने गरी निर्देशिका परिवर्तन र पढाइसँगै रोजगारीका अवसरसमेत प्रदान गर्न सक्नेखालका विषय अध्ययनको सुनिश्चितता गर्न सके ती विद्यार्थी बिदेसिनबाट रोक्न सहयोग पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्