नेपालको क्रिकेट यात्रा : एक महिनाको बीचमा तीन देशमा क्रिकेट खेल्दै नेपाल

नेपालको क्रिकेट यात्रा : एक महिनाको बीचमा तीन देशमा क्रिकेट खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकामा भइरहेको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तानका ‘ए’ टिमविरूद्ध कमजोर खेल देखायो। समूहमा युएई ‘ए’ विरूद्धको खेलमा नेपालले सान्त्वना जित निकाल्यो।

इमर्जिङ टिम्स एसिया कपपछि अब नेपालले एसिया कप खेल्दैछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’  मा छ। यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन्। भारत र पाकिस्तानको राजनीतिका तनावका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्।

यसका कारण नेपालले एसिया कपको समूह चरणका खेल दुई देशमा खेल्न पर्ने भएको छ।

समूहको पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानको मुल्तानमा यो खेल प्रतियोगिताको उद्‌घाटन खेल समेत हो। एसिया कपको समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तनबाट श्रीलंका पुग्न पर्नेछ नेपाल। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७  (भदौ १७) हुनेछ।  एसिया कपपछि नेपालले चीनमा हुने १९औं एसियन खेलमा सहभागीता जनाउँदैछ।

टी-२० फर्म्याटमा हुने एसियन गेम्सको क्रिकेटको प्रतिस्पर्धा एसिया कप सकिएको दुई दिनपछि सुरू हुनेछ। आयोजकका अनुसार सुरुमा महिलातर्फको प्रतिस्पर्धा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। महिलामा नेपालले पनि भाग लिँदैछ। महिलाको फाइनल पछि पुरुषको प्रतिस्पर्धा सुरु हुनेछ। महिलाका खेल २६ सेप्टेम्बरमा सकिएपछि एसियन गेम्स पुरुषका खेल २८ सेप्टेबर (असोज १२) मा सुरु हुनेछ।  एसियाली गेम्सका अनुसार अहिलेसम्म पुरुष क्रिकेटमा १८ टिमले भाग लिँदैछन्। पुरुष क्रिकेट वरीयताका अनुसार प्रतिस्पर्धा हुनेछ।

शीर्ष चार वरीयताका टिमलाई सिधै क्वाटरफाइनलमा स्थान दिइएको छ। अहिलेको वरीयताका अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले अन्तिम आठमा स्थान बनाइसकेका छन्। नेपाल हाल एसियाको वरीयताको सातौं स्थानमा छ। नेपालले पहिलो राउन्डमा छैटौं वरीयताको टिमसँग खेल्नेछ। छैटौं वरीयतामा युएई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्