ओपेनहाइमर :संस्कृत साम्यवाद र विज्ञानको संगम

ओपेनहाइमर :संस्कृत साम्यवाद र विज्ञानको संगम

“कालोअस्मि लोक क्षयकृत्प्रवृद्धो"
"म काल बनेको छु संसारको क्षयकर्ता भएको छु / नाउ आइ बिकेम डेथ डिस्ट्रोयर अफ दि वर्ल्ड "
भर्खरै रिलिज भएको हलिउड चलचित्र 'ओपेनहाइमर' ले संसारभर बक्स अफिसमा तहल्का मचाउदै गर्दा हाम्रो छिमेकी भारतमा भने यसले छुट्टै विवाद सिर्जना गर्यो कारण थियो सेक्सको सिनमा भागवत गीता पढेको दृश्य !, त्यसो त इण्डियन मिडिया र त्यहाँका राजनीतिज्ञलाई विवाद र बहस गर्न ठुलो कुरा चाहिदैन ।  तर यसपटक उनीहरुले ५ पटक एकेडेमी अवार्ड र ६ पटक गोल्डेन ग्लोब अवार्डको लागि छानिएका २१ औँ शताब्दीका एक नेतृत्वदायी चलचित्र निर्माता क्रिस्टोफर नोलनको असाधारण सिनेमा ओपेनहाइमर पाएका थिए । र ओपेनहाइमरमा डाक्टर ओपेनहाइमरले आफ्नी कम्युनिष्ट   प्रेमिकासँग इंटीमेट सिनमा पढेको भागवत गीताको दृश्य पाएका थिए। क्वान्टम फिजिक्स, फ्युजन-फिजिक्स र जलिरहेका ताराहरु एक अर्कोसँग जेलिएको उर्जाको अन्नत शृंखलाको मात्र सपना देख्ने एउटा बच्चा आफ्नो सपना पूरा गरेपछि बाँकी जीवन भरको लागि अपराध बोध र पश्चातापले भरिएको हुन्छ। गीताको यो श्लोकले उसलाई आफ्नो गल्ती महसुस गराउँछ र एउटा विश्व बदल्ने घटना- आणविक बमको आविष्कार जुन बदल्न सकिदैन जुन सच्याउन सकिदैन क्रिस्टोफर नोलनले ओपेनहाइमर नामक यहि भौतिकशास्त्रीको जीवनीमा फिल्म बनाएका छन्। यो फिल्म काई बर्ड र मार्टिन जे शेर्विनले लेखेको सन् २००५ मा पुलित्जर पुरस्कार विजेता पुस्तक अमेरिकन प्रोमेथियसमा आधारित छ।

क्वान्टम मेकानिक्सको संसारमा क्रान्ति गर्न चाहाने एक विद्यार्थीको रुपमा जे आर ओपेनहाइमर को कथा सन् १९२० मा सुरु हुन्छ। त्यसपछि कथा उनको वयस्क अवस्थामा पुग्छ, जब उसले बर्कलेमा पढाउन थाल्छन । जहाँ  उनले विश्वभरका दिग्गज वैज्ञानिकहरूको साथ पाउछन र उनको अगाडि एउटा नयाँ संसारको सुरुवात हुन्छ ।  यहाँ उनी कम्युनिस्ट र साम्यवादसँग आमनेसामने हुन्छन्, जुन पछि उनको यात्राको महत्त्वपूर्ण भाग बन्न पुग्छ उनको जीवनको यो समय दोस्रो विश्वयुद्ध सुरु हुँदा चलिरहेको थियो। नाजीहरूले संसारको सबैभन्दा शक्तिशाली एटम बम बनाउने हल्ला चलिरहेको थियो हिटलर र नाजीहरुले यो बम पहिले नै बनाएको भए, संसार बर्बाद हुन समय लाग्दैन भन्ने ठम्याई थियो। अमेरिका नाजी- तत्कालिन जर्मनी भन्दा पहिले त्यो बम बनाउन तत्पर थियो यसकै लागि म्यानहट्टन प्रोजेक्ट सुरु हुन्छ जसको कमाण्ड लेफ्टिनेन्ट जनरल लेस्ली ग्रोभ्सलाई सुम्पिएको हुन्छ । परियोजनाको नेतृत्व गर्न ग्रोभ्सले रोबर्ट जे ओपेनहाइमरलाई रोज्दछन । उनको नेतृत्वमा विश्वभरका दिग्गज वैज्ञानिकहरूको टोली मिलेर एटम बम बनाउछन । तीन वर्षको मेहनतपछि विश्वको पहिलो एटम बम ( परमाणु बम) तयार हुन्छ र दोस्रो विश्वयुद्ध अन्त्य होस भनेर अमेरिकाले संसारको इतिहासमा पहिलोपटक आणविक बमको प्रयोग जापानका दुई सहर हिरोसिमा र नागासाकीमा गरेको थियो जसमा २ लाख २० हजार भन्दा बढीको मृत्यु भएको थियो।

हिरोसिमा र नागासाकीमा बम विष्फोट भएपछि ओपेनहाइमर भित्रैबाट विक्षिप्त हुन थाल्छन , समय बित्दै जान्छ र अमेरिकालाई आणविक उर्जा दिने व्यक्ति नै परमाणु ऊर्जाको नीतिको आलोचना गर्न थाल्छन ।
तत्कालिन अमेरिकाको सत्ताको शीर्षमा बसेका मानिसहरूलाई यसबाट समस्या हुन थाल्छ। फिल्मको ब्ल्याक एण्ड ह्वाइट्को पार्ट्मा अमेरिकाको परमाणु ऊर्जा आयोग (AEC) को प्रमुख लुइस स्ट्रास र ओपेनहाइमर विरुद्धको आरोपको सुनुवाइ देखिन्छ । १९५४ सेक्युरिटी किलेरियन्सको सुनवाईमा ओपेनहाइमरलाई कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेको र देशका राजनीतिक शत्रुहरूसँग उठबस गरेको आरोप लगाइएको थियो।ओपेनहाइमरले एउटा वैज्ञानिकको रूपमा कुनै पनि राजनीतिक विचारधारामा विश्वास गरेनन्। तर १९३० को दशकका धेरै युवा बुद्धिजीवीहरू जस्तै ओपेनहाइमर पनि सामाजिक परिवर्तनका पक्षधर थिए। जसलाई फिल्ममा पनि उनको समाजवादी विचारप्रति झुकाव देखाएको छ । फिल्ममा अमेरिकी सिनेटर जोसेफ म्याकार्थीको समयको झलक निकै राम्रो तरिकाले देखाइएको छ, जब अमेरिकी सरकारले वामपन्थी विचारधारासँग सम्बद्ध व्यक्तिहरुको जासुसी गर्दथ्यो ।

फिल्ममा ओपेनहाइमरलाई स्पेनिस गृहयुद्धलाई वामपन्थी संगठनहरू मार्फत मद्दत गरेको देखाइएको छ। वास्तविकता यो थियो कि ओपेनहाइमरले कम्युनिष्ट पार्टीको सदस्य हुन अस्वीकार गरे पनि उनी कम्युनिस्ट सिद्धान्तहरूसँग झुकाब राखेको थिए। तर, उनले कुनै पनि पार्टीको आदेशलाई आँखा चिम्लेर मानेनन् ।

फिल्मको अर्को धेरै उल्लेखनीय दृश्य भनेको ओपेनहाइमरले तत्कालीन अमेरिकी राष्ट्रपति ट्रुम्यानलाई भेट्दाको हो। कुराकानीका क्रममा उनले आफूलाई ‘हातमा रगत’ लागेको महसुस गरेको बताउछन । ट्रुम्यान यो टिप्पणीबाट असहज हुन्छन र आफ्नो खल्तीबाट रुमाल निकालेर ओपेनहाइमर लाई दिन्छन । ट्रुम्यानले ओपेनहाइमरलाई ''क्राइ बेबी साइंटिस्ट'' र 'सन ऑफ अ बिच' भने भनेर धेरै ठाउँहरूमा उल्लेख गरिएको छ ।

ओपेनहाइमरको संस्कृतमा रुचि उनले भगवद गीता पढेपछि जागेको थियो । गीताले सबै संसारका सबै चीजहरूको अन्तरसम्बन्धमा जोड दिएको र करुणा र प्रेमको महत्त्व ओपेनहाइमरसँग प्रतिध्वनित भयो, र उनले संस्कृतलाई ब्रह्माण्डको गहिरो सत्यहरू बुझ्ने तरिकाको रूपमा देखे।साम्यवादमा ओपेनहाइमरको चासोलाई ग्रेट डिप्रेशनको समयमा उनको अनुभवले आकार दिएको थियो। उनले साम्यवादलाई तत्कालीन आर्थिक र सामाजिक समस्याहरूलाई सम्बोधन गर्ने तरिकाको रूपमा हेरे र समानता र सामाजिक न्यायमा जोड दिनेतर्फ आकर्षित भए। यद्यपि, ओपेनहाइमर कहिल्यै कम्युनिस्ट भएनन् र अन्ततः साम्यवाद लोकतन्त्रसँग मेल खाँदैन भन्ने विश्वास गर्न पुगे।
विज्ञानमा ओपेनहाइमरको रुचि उनको बाल्यकालको प्राकृतिक संसारसँगको आकर्षणबाट पैदा भएको थियो। उनि एक प्रतिभाशाली विद्यार्थी थिए र हार्वर्डमा भौतिक विज्ञान पढ्न गए। म्यानहट्टन प्रोजेक्टमा ओपेनहाइमरको कामले परमाणु बमको विकासको नेतृत्व गर्‍यो, तर उहाँ आफ्नो सिर्जनाको प्रयोगबाट आफ्नै अन्तर्मनमा गहिरो समस्यामा परे। उनले विज्ञानको शक्तिलाई राम्रोको लागि प्रयोग गर्ने नैतिक जिम्मेवारी थियो भन्ने विश्वास गरे र उनले आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगमा उभिए। संस्कृत, साम्यवाद र विज्ञानमा ओपेनहाइमरको रुचिको संयोजन दुर्लभ छ किनभने यसले सबै चीजहरूको अन्तरसम्बन्धको गहिरो बुझाइलाई प्रतिबिम्बित गर्दछ। उनले देखे कि विज्ञान, धर्म र राजनीति सबै वास्तविकताको एउटै भाग हुन्, र उनले विश्वास गरे कि हामीले राम्रो संसार सिर्जना गर्न चाहन्छौं भने हामीले यी फरक दृष्टिकोणहरू एकीकृत गर्ने तरिकाहरू खोज्न आवश्यक छ यदि ।

सन् १९४७ को एक अन्तर्वार्तामा ओपेनहाइमरले भनेका थिए, "संसार सत्य बाहेक अरू कुनै पनि कुराको लागि खतरनाक छ र करुणा बाहेक अरू कुनै कुराको लागि धेरै सानो छ।" यी शब्दहरूले ओपेनहाइमरको विश्वासलाई प्रतिबिम्बित गर्दछ कि विज्ञान र अध्यात्म एकअर्कासँग अनन्य छैनन्, र संसारलाई शान्तिपूर्ण र न्यायपूर्ण बनाउन दुवै आवश्यक छ।

चलचित्रको एउटा संवादमा ओपेनहाइमर भन्छन उनले दास क्यापिटलको तीनवटा नै खण्ड पढेको छन् अर्कोतर्फ उनले भगवत गीता पढेको छन् र उनि एक दिग्गज भौतिकशास्त्री पनि हुन , विज्ञान दर्शन र राजनीति शास्त्र सबै तिरको रुचि र अध्ययनले उनले संसार लाई २० औँ शताब्दी माने अध्ययनको कुनै सिमा हुदैन मानिसको विचार र चिन्तन कुनै एउटा क्षेत्रमा मात्रै सिमित हुनुहुदैन भन्ने गहिरो संदेश दिन्छन। यो चलचित्रले मानव प्रकृतिको जटिलताको खोजी गर्दछ, ओपेनहाइमरलाई बहुआयामिक चरित्रको रूपमा प्रस्तुत गर्दछ।

समग्रमा "ओपेनहाइमर" एउटा औषत चलचित्र भन्दा माथि छ यसले यसले गहिरो अन्तर्दृष्टि र जीवनका पाठहरू सिकाएको छ जसको प्रभाव आम दर्शकमा पछिसम्म रहनेछ । वैज्ञानिक अनुसन्धानको शक्तिदेखि नैतिक प्रतिबिम्बको महत्त्वसम्म, चलचित्रले हामीलाई हामीले गर्ने छनौटहरू र तिनीहरूले संसारमा पार्न सक्ने प्रभावको बारेमा आलोचनात्मक रूपमा सोच्न प्रेरित गर्छ। ओपेनहाइमरलाई चलचित्रमा एक प्रतिभाशाली वैज्ञानिक, एक समर्पित नेतृत्व , र व्यक्तिगत जीवनको आन्तरिक द्वन्द्व संग संघर्ष गर्ने व्यक्तिको रुपमा पाउन सकिन्छ ।मुख्य पात्रका आफ्नो कमजोरी र विरोधाभासहरू उजागर गरेर, "ओपेनहाइमर" ले हामीलाई सम्झाउँछ कि कुनै पनि व्यक्ति पूर्ण रूपमा असल वा खराब हुँदैन; हामी सबै आफ्नो क्षमता र त्रुटिहरूको मिश्रण हौं। प्रत्येक व्यक्तिको आफ्नै जीवनयात्रा र संघर्षहरू छन् । भनेर स्वीकार गर्दै यो अन्तरदृष्टिले अरूप्रति सहानुभूति र समझलाई प्रोत्साहन दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्