विराटनगरमा सीमापारका शैक्षिक ‘एजेन्ट’का डेरा, बोर्डर कटाइन्छ नर्सिङ अध्ययन गर्ने विद्यार्थी

<span class='c1'>विराटनगरमा सीमापारका शैक्षिक ‘एजेन्ट’का डेरा, बोर्डर</span> <span class='c2'>कटाइन्छ नर्सिङ अध्ययन गर्ने विद्यार्थी</span>

विराटनगर । विराटनगरमा भारतीय शैक्षिक संस्थाका ‘शैक्षिक परामर्श’ कार्यक्रम वर्षेनी बढ्दै गएका छन् । नेपाली विद्यार्थीलाई भारतका शैक्षिक संस्थामा अध्ययन गर्नका लागि परामर्श गराउने उद्देश्य प्रेरित यस्ता कार्यक्रम पछिल्लो तीनवर्षमा झनै बढ्दै गएका हुन् ।

कारण, सरकारको नीतिले कोशी प्रदेशमा सञ्चालित सबैजसो स्वास्थ्य प्राविधिक विषय अध्यापन गराउँदै आएका कलेज बन्द हुनु । कलेजले ब्याचलर अफ नर्सिङ (बीएन) को अध्यापन बन्द गरेका छन् । सरकारले  ब्याचलर अफ नर्सिङ पढ्ने बिद्यार्थी र स्टाफ नर्स पढ्ने विद्यार्थीले एउटै अस्पतालमा प्राक्टिस गर्न नपाउने ऐन ल्यायो ।

चिकित्सा शिक्षा ऐनमा सुधार गर्नुपर्ने डा.गोबिन्द केसीको आन्दोलन भित्र कर्मचारीतन्त्रको स्वार्थ हावी हुँदा स्टाफ नर्स, बिएन र बिएसी नर्सिङ अध्यापन हुने कलेज बन्द हुँदै गए, जसको फाइदा हेरेर नेपालसँग सीमा जोडिएका भारतका शहरमा नर्सिङ तथा प्रि–डिप्लोमा अध्ययन हुने कलेजहरु खोलिए ।

‘नेपालको मेडिकल एजुकेसन क्रिटिकल फेजमा छ’ कोशी हेल्थ कलेजका सञ्चालक विकास अधिकारी भन्छन्–आजभोलि रेस्क्यू नगरे डिडास्टर हुन्छ । उनका अनुसार अहिले भारतको पूर्णियामा बिएन तथा प्रि–डिप्लोमा अध्ययन हुने कलेज खुलेको छ । जहाँ नेपालमा पढाई बन्चित भएका विद्यार्थी भर्ना हुँदैछन् । उनीहरुलाई त्यहाँसम्म लैजान विराटनगरमा भारतीय शैक्षिक सस्थाका एजेन्ट वा एजेन्टको रुपमा नेपालीहरुले खोलेको शैक्षिक परामर्श केन्द्रलाई नियुक्त गरिएको छ ।

सरकारले चिकित्सा शिक्षा ऐनमा ब्याचलर वा डिप्लोमा तह पढाउने कलेजहरुले अनिवार्य रुपमा एक सय बेडको अस्पताल बनाउनुपर्ने व्यवस्था गरेको छ । त्यसपछि ती कलेजहरु बीएन कार्यक्रम हटाउन बाध्य भए ।
विराटनगरको विराट हेल्थ कलेज, कोशी हेल्थ कलेज र नर्सिङ कलेज विराटनगरले बीएन कार्यक्रम सञ्चालन गर्दै आएको थियो । प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र स्नातक तह (ब्याचलर)मा नर्सिङ पढ्ने विद्यार्थीले एउटै अस्पतालमा इन्टर्न गर्न नपाएपछि बीएन कार्यक्रम नै फेज आउट गर्नुपरेको कोशी हेल्थका अधिकारीको भनाई छ ।

‘बिघ्न र फजुल लगानी बढाउने सरकारी नीतिले मेडिकल शिक्षा मात्रै कोल्याप्स गरिरहेको छैन’ विराट हेल्थ कलेजका प्रवन्ध निर्देशक राजन खत्रीले भने–नेपाली विद्यार्थीलाई जर्बरजस्ती एजेन्ट लगाएर भन्सार कटाउने काम भईरहेको छ । नेपालमा मेडिकल शिक्षामाथि माफियातन्त्र हावी हुनुमा भारतीय शैक्षिक लगानीकर्ताहरुको हात रहेको उनको तर्कछ । ४० जना विद्यार्थी अध्ययन गराउनका लागि एक अर्ब लगानी गरेर अस्पताल खोल्नु भन्दा शैक्षिक कार्यक्रम नै बन्द गरेर कलेज सञ्चालक बसेका छन् ।

विराट हेल्थ र कोशी हेल्थले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर बीएन कार्यक्रम सञ्चालन गर्दै आएका थिए । नर्सिङ कलेज विराटनगर भने त्रिभुवन विश्वविद्यालयको आंगिक कलेज हो । यहाँ वर्षमा ४० जनाका दरले नर्सिङको स्नातक तहको कक्षा सञ्चालन गर्ने गरेका थिए ।
स्टाफ नर्स पढेका विद्यार्थीहरुले बिएन नर्सिङ पढ्ने गर्दछन् । साइन्समा बायलोजी लिएर कक्षा १२ गरेका विद्यार्थीले बिएसी नर्सिङ पढ्ने गरेका छन् । सरकारको नीतिले स्फाट नर्स पढेका विद्यार्थीलाई बिएन पढ्न छेकेको छ, जसले गर्दा शैक्षिक क्षेत्रका लगानीकर्ता मात्रै नभई विद्यार्थी समेत असजिलोमा परेका हुन् ।

कोशीमा अहिले विराट हेल्थ कलेज विराटनगर, न्युरो हेल्थ कलेज, लाइफ गार्ड अस्पताल र सीटीईभीटीअन्तर्गतको शैलजा गुठीले मात्रै स्टाफ नर्सको कक्षा सञ्चालन गर्दै आएका छन् । यी कलेजहरुले बिएन फेज आउट गर्नुपर्ने बाध्यता सहँदै नेपाली विद्यार्थी भारततर्फ लागेको हेर्नु परेको छ ।
प्रदेशमा बीएन कार्यक्रम फेज आउट भएपछि नर्सहरूको अभाव हुनसक्ने आंकलन समेत गरिएको छ ।
कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर र विराट टिचिङ कलेज विराटनगरले बीएस्सी नर्सिङ पढाउने गरेका छन् । बीएस्सी नर्सिङ बायोलोजी लिएर प्लस टु पढेका विद्यार्थीहरूले पढ्न पाउँछन् ।

यस्तो छ अड्चन
चिकित्सा शिक्षा ऐनअनुसार अनिवार्य एक सय बेडको अस्पताल भएका कलेजले मात्रै पिसिएल नर्सिङ पढाउन पाउने प्रावधान ल्याइयो । यसले देशभरका सञ्चालित ७३ कलेज बन्द हुन पुगे । नर्सिङ कलेजहरु धमाधम बन्द हुने अवस्थामा पुग्नुको कारण चिकित्सा शिक्षा ऐन नै हो । २०७५ सालमा ल्याइएको चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ ।

ऐनको दफा ४४ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ हुनुभन्दा अघि आफ्नो अस्पताल सञ्चालन नभए पनि शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाले यो ऐन प्रारम्भ भएको दुई वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डबमोजिम अस्पताल सञ्चालनमा ल्याउनुपर्नेछ ।’
विश्वविद्यालय र सीटीईभीटीको नर्सिङ कलेजमा भर्ना खुलाउन एक सय बेडको आफ्नै अस्पताल अनिवार्य गरिएको छ । ऐन आउनुअघि सीटीईभीटी र विश्वविद्यालयबाट सम्बन्धनमा चलेका नर्सिङ कलेजहरुमध्ये केहीले आफ्नै ५० बेडको अस्पताल सञ्चालन गरेका थिए । केहीले अन्य अस्पतालहरुसँग सम्झौता गरेर पठनपाठन गराइरहेका थिए । ऐनले नर्सिङ, पारामेडिकल नर्सिङ, ल्याब, रेडियोग्राफीलगायतका स्वास्थ्य कार्यक्रम चलाउन शिक्षण संस्थाहरुमा कम्तीमा एक सय बेडको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगले ऐनअनुसार एक सय बेडको अस्पताल नहुने स्नातक र सीटीईभीटीका नर्सिङ पढाइ हुने कलेजलाई भर्नाको स्वीकृति दिन छोडियो । यसअघि एक सय बेडको अस्पताल भएका कलेजहरुले स्नातक र पीसीएल नर्सिङको दुबै कार्यक्रम चलाइरहेका थिए । ऐनमा विश्वविद्यालय र सीटीईभीटीका कार्यक्रम एउटै शिक्षण संस्थाले सञ्चालन गर्न नपाउने प्रावधान राखियो । जसअनुसार नर्सिङ कलेजले एक सय बेडको अस्पताल बनाए पनि स्नातक र पीसीएल नर्सिङ कार्यक्रममध्ये एउटामात्र कार्यक्रम चलाउन पाउने प्रावधान रह्यो ।
‘मापदण्ड पूरा भएपनि एउटा विद्यालयले कक्षा १ पढाएपछि कक्षा २ पढाउन नपाउने जस्तो नियम लगाईयो’ अधिकारी भन्छन्–जसरी भएपनि भारतीय शैक्षिक लगानीकर्ताहरुको सञ्जालमा चिकित्सा शिक्षा ऐन बनाउनेहरु फसेको देखिन्छ ।

दुई वटा कार्यक्रममध्ये पीसीएल नर्सिङ पढाएर ब्याचलर बन्द गर्नुपर्ने वा ब्याचलर पढाएर पीसीएल नर्सिङ बन्द गर्नुपर्ने व्यवस्था सुधार नगर्ने हो भने नेपाली विद्यार्थी र अभिभावकको नर्सिङ एजुकेशन डामाडोल हुने अवस्थामा पुगेको विराट हेल्थका सञ्चालक खत्रीको बुझाई छ ।
यति नराम्रोसँग चिकित्सा शिक्षा आयोगका पदाधिकारी फसेका छन् । यदि एउटै कलेजले दुई वटा कार्यक्रम चलाउने हो भने छुट्टाछुट्टै एक सय बेडको अस्पताल बनाउनुपर्ने भनेर ढोका बन्द गरिदिएको छ । यस व्यवस्थाले कोशी प्रदेशमा आफ्नै अस्पताल भएपनि स्नातक तहका ४ वटा कलेजले बीएस्सी नर्सिङ र बीएन कार्यक्रम बन्द गर्नु परेको छ । जसले बिएन छोडेर स्टाफ नर्स रोजेका छन् ।

विराट हेल्थ कलेजका प्रवन्ध निर्देशक खत्रीका अनुसार अहिले देशका शैक्षिक संस्थामाथि अंकुश लगाउँदा शैक्षिक बेरोजगारसँगै नेपाली रुपिँया बाहिरीने अवस्था समेत सिर्जना गरिदियो । अर्को कुरा नर्सिङ जनशक्ति समेत अभाव हुने देखिएको छ । उनका अनुसार सय बेडको अस्पतालको प्रावधानले देशभरका १३१ मध्ये ७३ कलेजले पिसिएल नर्सिङ कार्यक्रम बन्द गर्नुपरो । त्यसपछि स्फाट नर्स र बिएन नर्सिङलाई छुट्टाछुट्टै अस्पताल चाहिने वा एउटै अस्पतालमा प्राक्टिस गर्न नपाईने भन्ने नियम लगाइयो, खत्रीले भने–नेपालमा मेडिकल एजुकेशनलाई निस्तेज पारेर भारतका सीमा क्षेत्रका कलेजलाई पोस्ने दाउ रचिएको छ ।

नेपालका बन्द भए, सीमा नजिकै भारतका शहरमा खुले
नेपालका कलेजमा अध्यापन बन्द गराएसँगै भारतीय सीमा क्षेत्रमा १६३ वटा कलेजहरु खुलेका छन् । बोडरबाट ३४ किलोमिटर दुरीका आसपासमै नेपाली विद्यार्थीलाई लक्षित गरी नर्सिङ कलेज खुलेका हुन् ।
भारतमा जनरल नर्सिङ एण्ड मिड्फ्री (सिएनएम) कोर्स चलिरहेको थियो । कक्षा १२ अध्ययनपछि यो कोर्स पढ्ने बाटो खुल्यो । नेपालमा स्फाट नर्स पढाउने शैक्षिक संस्था बन्द भएपछि यहिंको कपी गरेर शैक्षिक कार्यक्रम चलाउन थालिएको छ । नर्सिङ, पारामेडिकल र इन्जिनियरिङ लक्षित गरेर नेपालका डिप्लोमा तहका जे पाठ्यक्रमलाई आधार बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्