सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्दै विराटनगरका स्कुल बस

सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्दै विराटनगरका स्कुल बस

सुजता लिम्बू
विराटनगर । साधारणतयाः एउटा बसमा ३५ देखि ४० जनाको सिट क्षमता हुन्छ । बसको यात्रालाई सहज बनाउन सिट क्षमता अनुसार यात्रु राख्नपर्ने हुन्छ । तर, विराटनगरमा सञ्चालित केही निजी विद्यालयले बालबालिकालाई सवारीमा कोचेर राख्ने गरेका छन् । लामो होस् वा छोटो बालबालिका बोकेको सवारीले सिट क्षमता अनुसार नै विद्यार्थी बोक्नुपर्ने भएपछि यस्तो गर्ने नगरिएको पाइएको हो ।

त्यसको उदाहरणका रुपमा मोर्डन एरा स्कूलको बसलाई पनि लिन सकिन्छ । खचाखच विद्यार्थी बोकेको बसमा कोही झ्यालबाट टाउको निकालिरेको त कोही बसको ढोकामा उभिएर जोखिमपूर्ण यात्रा गरिरहेको दृष्य अभिभावकले नै हेर्नुपर्ने बाध्यता रहेको छ । विद्यालय शुल्क भन्दै यातायातको शुल्क लिने विद्यालयले बालबालिकाको यात्रालाई असहज बनाउने गरेका छन् ।

कतिपय अभिभावकहरु विद्यालयको भरपर्ने गरेको बताएका छन् । कतिपय अभिभावलके भने जर्बरजस्ती बोचिनुपर्ने देख्दा नराम्रो लाग्ने गरेको बताएका छन् । विद्यालय समयमा आफ्ना सन्तानको जिम्मा विद्यालय प्रशासनले लिनुपर्ने अभिभावकको बुझाई छ ।
मोर्डन एरा स्कूलका संचालक ईन्द्र राईले आफ्नो विद्यायलले विद्यार्थीहरुको सुरक्षित यात्रामा कुनै कमिकमजोरी नगरेको बताएका छन् । उनले विद्यालयकोे नियमित विद्यार्थी बोक्ने अर्को बस बिग्रिदाँ ‘डबल ट्रिप’ को संख्या परेको बताएका छन् । उनले कमजोरी नहुँदा वा नगरौं भन्दा पनि कहिले काँहि परिस्थितिले कमजोरी सिर्जना गरिदिने गरेको भन्दै आगामी दिनमा नदोहो¥याउने बताए ।

पाठकको गुनासो जस्ताको त्यस्तै
आवर विराटनगरका पाठकले निजी विद्यालयका सवारीले सिट क्षमता भन्दा विद्यार्थी बोकिएको र तिव्र गतिमा सवारी चलाइएको विषयमा गुनासो गरेका छन् । उनले विद्यालयका बसले ५० को संख्याभन्दा बढी विद्यार्थी बोक्ने गरेको बताएका छन् ।
उनले भनेका छन् ,‘मैले एमआरआर विराटनगर भाइहरूको बारेमा थोरै अनुसन्धान गरें । कतिपयले भने कतिपय स्कुल बसहरूले ८०–९० भन्दा बढी विद्यार्थीलाई एउटै यात्रामा बोक्ने दाबी गरेका छन् । यो हास्यास्पद छ । म प्रत्येक विद्यालयलाई सम्पर्क गर्न र यस समस्याको बारेमा गुनासो गर्न सक्षम छैन । या त तिनीहरूले मलाई बेवास्ता गर्नेछन् वा मलाई गाली गर्नेछन् । यस विषयमा पनि आवाज उठाउन चाहन्छु । यो गम्भीर मुद्दा हो । प्रत्येक आमाबाबुले आफ्ना बच्चाहरूलाई सुरक्षित राख्नको लागि सबै कुरा तिरेका छन् र गरेका छन्, तर मैले केटाकेटीहरूको लागि सबैभन्दा खतरनाक ठाउँ स्कुल बसहरू हो भन्ने फेला पारेको छु।’

सम्बन्धित निकाय के भन्छन् ?
सिट क्षमता भन्दा धेरै विद्यार्थी बोक्ने विद्यालयलाई पत्राचार गरिएको साथै सिट क्षमताभन्दा धेरै विद्यार्थीहरु नबोक्न समेत सूनता गरिएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल बताउँछन् ।
‘हामीले पनि पत्रचार गरेका छौँ, सूचना पनि गरेका छौँ , केही विद्यालयले सुधार गरेका छन् ।’ उनले भने,‘ कहिलेकाँही बढी हुनसक्ला बदमासी पनि हुन सक्लान हामी सम्बन्धित शिक्षकहरुलाई बोलाएर हामी भन्छौ । ’

क्षमता भन्दा बढी विद्यार्थी बोक्ने सवारीलाई कारवाही हुने ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार कार्वाहीको हकमा १५ सय सम्मको जरिवाना तिर्नुपर्ने र दोहोराएर सोही गल्ति भए थप कारवाहीका लागि यातायात व्यवस्थालाई पत्र लेखेर पठाउने गरिएको छ । प्याब्सनका नगर अध्यक्ष मोहन बुढाथोकीले गुनासो आएका सम्बन्धित विद्यालयलाई सतर्कताका लागि सूचित गराउने बताए । विद्यालय आफैँमा सजक हुनुपर्नेमा समेत उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्