विराटनगरको हृदयेन्द्र बाल उद्यान : संरक्षण नहुँदा झारपातले छोप्यो, फट्याँग्रा र मच्छडको गोलो

<span class='c1'>विराटनगरको हृदयेन्द्र बाल उद्यान : संरक्षण नहुँदा</span> <span class='c2'>झारपातले छोप्यो, फट्याँग्रा र मच्छडको गोलो</span>

विराटनगर । २०५८ सालमा दरबार हत्या काण्ड पश्चात राजासँग आस्था राख्नेहरुको मन विस्तारै मरिसकेको थियो । राजगद्दीमा बसेका ज्ञानेन्द्र शाह र उनका छोरा पारससँग आम नागरिक त्यति धेरै चासो र आस्था राखिरहेका थिएनन् । तर, पारस र हिमानीबाट २०५९ साल साउन १४ गते हृदयेन्द्रको जन्मभयो । उनी जन्मिएकै दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले नवयुवराजधिराज घोषणा गरेर अबको राजगद्दी छोरा पारसलाई नभई नातीले सम्हाल्ने संकेत गरे । २०५९ साउन २४ मा उनलाई हृदयेन्द्र वीर विक्रम शाहदेव नामाकरण गरिएको थियो।

उनलाई नवयुवराज घोषणा गरेपछि २०६३ मा पुनर्स्थापित संसदले राजाको उत्तराधिकारी सम्बन्धी कानुन संशोधन गरिदियो । संशोधनपछि पनि उनी शाही सिंहासनको रोलमा दोस्रो स्थानमा रहेका थिए। २०६५ जेठ १५ मा राजतन्त्र आधिकारिक रूपमा समाप्त भएपछि उनी पूर्व राजपरिवार सदस्यको रुपमा चिनिन्छन् ।

उनै हृदयेन्द्र शाहसँग नागरिकको आसा जगाउन २०६० चैत २१ गते विराटनगर–१ मा तत्कालिन प्रधानमन्त्री स्वर्गिय सुर्यबहादुर थापाले बाल उद्यान तथा अध्ययन केन्द्रको उद्घाटन गरेका थिए । संभवत यो विराटनगरका लागि पहिलो बाल उद्यान केन्द्र समेत हो । बालबालिकाका लागि रमाउने ठाउँको रुपमा बनाइएको हृदेयेन्द्र बाल उद्यान केन्द्रको अवस्था भने अहिले अलपत्र छ । विराटनगर महानगरपालिका बालमैत्री घोषणा भएको छ । बालमैत्री स्थानीय शासन अध्ययन केन्द्र भनृ अलपत्र अवस्थामा छ । यसको सञ्चालनको जिम्मा महानगरले लिएपछि त झन् बाल उद्यान परिसरमा झोडी पलाएको छ । परिसर भित्र रहेको पानी पोखरी (स्विमिङ पुल) लेउले ढाकिएको छ ।

पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको बालउधानमा विभिन्न संरचना निर्माण गरीएको थियो । उक्त संरचना अहिले काम नलाग्ने अवस्थामा छ । स्थानीय तथा विदेशी दाताहरुको ६० लाख रुपिँया सहयोगमा निर्माण भएको संरचनामा महानगरपालिकाले ध्यान दिन नसकेको हो । त्यसैले बालउद्यान भित्र चिप्लेटि, ढिकिच्याउ, पिङमा खिया आएको छ । बाल उद्यानको रेखेदख गर्दै आउनु भएका दिनेश रेग्मीका अनुसार सुरुमा प्रवेश शुल्क एक रुपैँया लिने गरिएको थियो । पछि बृद्धि गरेर २ रुपैँया बनाइयो । बाल उद्यानमा बालबालिका आउने र खेल्ने गर्दथे । अहिले भने सुनसान हुने गरेको छ ।

त्यहाँ भेटिएकी प्रिया भगतले बाल उद्यानले बालापनको यादहरु दिलाउने गरेको बताइन् । उनले त्यहि बाल उद्यानमा शुल्क बुझाएर खेल्ने गरेको जानकारी दिइन् । अहिले आफु खेलेर हुर्केको ठाउँको अवस्था हेर्दा दिक्क लाग्ने गरेको सुनाइन् ।
माहानगरले बाल उद्यान केन्द्रका बजेट बिनियोजन गरेर पुर्नसरचनाको काम अगाडी बढाएको प्रमुख नागेश कोइरालाले जानकराी दिए । उनका अनुसार १ करोड २० लाख ४३ हजार ८ सय रुपिँयामा ठेक्का सम्झौता भई निर्माणको काम एस.बी.डी. कन्ट्रक्सनले गरिरहेको छ । यसको संरचना व्यवस्थापन गर्नका लागि आगामी चैत मसान्तसम्मको समय ठेकेदारलाई तोकिएको प्रमुख कोइरालाले जानकारी दिएका छन् ।
महिला तथा बालवालिका बिकास शाखा अधिकृत मन्जु लोहनीले अलपत्र भएको बाल उद्यानलाई सञ्चालनमा ल्याउन संरचनाको सौन्दर्यकरणदेखि व्यवस्थापनसम्मको काम भईरहेको जानकारी दिइन् । उनले एक वडा एक बाल उद्यानको अवधारणा अनुसार आगामी दिनमा योजना निर्माण हुने बताइन् ।

  (इन्दु साह, प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्