विराटनगर । विराटनगर महानगरपालिका ८ स्थित ईश्वर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो।
राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्य तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सञ्चालक गोमा नेपालको विशिष्ट आतिथ्यमा ईश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष धर्मलाल सिंह कोइरीको अध्यक्षता रहेको थियो।

प्रमुख अतिथि पोखरेलले ७० वर्ष उमेर पुगेका १५ जना ज्येष्ठ मातापिता र ३ जना शेयर सदस्यहरुलाई खादा, माला र नगदले सम्मान गरेका थिए।

ऋणी सदस्य सन्तोष कामतको अकस्मात मृत्यू भएको हुँदा निजको ऋण समेत फरफारक गरी कृया खर्च वापतको १९ हजार चार सय १३ रुपैयाँको चेक कार्यक्रमका विशेष अतिथि वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले मृतककी पत्नि राम वदन मुखिया(कामत) लाई हस्तान्तरण गरेका थिए । शेयर सदस्यका पति र माताको दिवंगत भएका संस्थाका दुई जना शेयर सदस्यहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्य राहत कोषबाट जनही ८ हजार रुपैयाँ र ५ हजार रुपैयाँ समेत राहात वितरण गरिएको सहकारीले जनाएको छ ।
संस्थाको आर्थिक वर्ष २०७९/०८० को आय तर्फ रु. १ करोड ५५ लाख ६३ हजार ३ सय ४० पैसा ६४ र व्यय तर्फ रु. १ करोड ४२ लाख ६ हजार ८ सय ३८ पैसा ०२ रहेको छ । भने सम्पत्ति तर्फ रु. ११ करोड ९६ लाख २९ हजार ५ सय ६ पैसा ०२ मात्र वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस गरिएको थियो ।
चालु आ.व. २०८०/०८१ मा शेयर सदस्य संख्या १ हजार ८ सय ६२ र शेयर पुँजी रु. १ करोड ७८ लाख ६९ हजार ९ सय मात्र पुर्याउने लक्ष्य सहित सम्पत्ति रु. १३ करोड ८७ लाख २५ हजार ३ सय १३ र आम्दानी रु. १ करोड ९५ लाख ९६ हजार ८ सय १ पैसा ५२ र खर्च रु. १ करोड ६२ लाख ८१ हजार २ सय ५६ पैसा १८ गरी रु.३३ लाख १५ हजार ५ सय ४५ पैसा ३२ मात्र नाफा सहितको प्रक्षेपित हिसाव सभामा पेस गरिएको थियो ।
संस्थाले सदस्य तथा एकासगोलका परिवारको दिवंगत हुँदा मृत्यु राहत वापत ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म प्रदान गर्दै आइरहेकोमा चालु आ.व. २०८०/०८१ का लागि संस्थामा नियमित कारोबार गर्ने र ऋणको नियमित किस्ता भुक्तान गर्दै आईरहेका सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दै मृत्यू र पूर्ण तथा आंशिक अपाङ्गताको रक्षावरण लागि संस्थाको लगानीमा ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा र स्वभाविक जोखिम बहनका लागि सदस्य तथा संस्थाको साझेदारीमा ५० हजार रुपैयाँ बरारबको म्यादी जीवन बीमा गर्ने व्यवस्था मिलाईएको सहकारीले जनाएको छ।

सदस्यले वार्षिक रुपमा २ सय रुपैयाँ मात्र बीमा शुल्क भुक्तानी गरी संस्थामा आवद्ध असल सदस्य, असल ऋणी,असल बालकर्ता, एकल महिला सदस्य, सक्रिय शेयर सदस्य, अनुशासित कर्मचारी, कक्षा १२ र एसईइमा उत्कृष्ट ग्रेड ल्याउने सदस्यका छोराछोरीहरुलाई संस्थाको मिति २०८० फागुन २२ गते आयोजना हुने ११ औं वार्षिक उत्सवका दिन सम्मान तथा पुरस्कृत हुने व्यक्तिहरुको विवरण साधारण सभामा प्रस्तुत गरिएको संस्थाका व्यवस्थापक बल बहादुर घिमिरेले बताए ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव लालबहादुर अधिकारी गरेका थिए ।