राउण्ड टेबल नेपालको वार्षिक साधारणसभा सम्पन्न

<span class='c1'>राउण्ड टेबल नेपालको</span> <span class='c2'>वार्षिक साधारणसभा सम्पन्न</span>

विराटनगर । राउण्ड टेबल नेपालको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौँस्थित हायात होटलमा २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा नितेश कुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् ।

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो। जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो । । यस संघले आफ्नो उदेश्य पुरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरुको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरुलाई स्थानीय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तररुपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।

राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा अग्रसर भई कार्यहरु गरिरहेको छ ।

नव–निर्वाचित कार्य समितिले आफ्नो कार्यकालमा राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु जस्तै विद्यालयहरुको स्तरउन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम, तथा एक देश एक लाख विरुवाको नारालाई समेत निरन्तरता दिने नव निर्वाचित अध्यक्ष नितेश कुमार अग्रवाल बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्