सप्तरीमा नवजात शिशु मृत फेला

सप्तरीमा नवजात शिशु मृत फेला

सप्तरी । सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।

राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको हाे ।

बुधबार बिहान भलुवाही पुलमुनि सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्