सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

<span class='c1'>सामान्य अङ्कले घट्यो</span> <span class='c2'>नेप्से परिसूचक</span>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ ।

आज दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर ३२ हजार दुई सय ९८ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब १३ करोड आठ हजार ४४ मा पुगेको छ ।

आजको कारोबारमा व्यापार र होटल तथा पर्यटन समूहको उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् । व्यापार समूह ३७ दशमलव ५५ र होटल तथा पर्यटन ७२ दशमलव १५ अङ्कले बढेको बजारमा बैंक शून्य दशमलव ८३, विकास बैंक एक दशमलव ८८, वित्त चार दशमलव ७१, जलविद्युत् पाँच दशमलव ४३, लगानी शून्य दशमलव १३, जीवन बीमा नौ दशमलव ३२, उत्पादन ३६ दशमलव ६१, लघुवित्त १५ दशमलव ५४ र म्युचल फन्ड शून्य दशमलव शून्य सात, निर्जीवन बीमा तीन दशमलव ९३ र अन्य समूह छ दशमलव १४ अङ्कले घटेको छ ।

आजको कारोबारमा सिटी होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०२ प्रतिशतले घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ«े बैंक लिमिटेडको रु १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्