सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

इन्स्योरेन्सले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा मागभन्दा २.१३ गुणा बढी आवेदन परेको थियो।

निष्काशनमा परेका कुल आवेदनमध्ये १४ लाख ६० हजार ६१ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ।

यस अनुसार कुला आवेदकमध्ये ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्