विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद योगेन्द्र मण्डलले विपन्न गरिव परिवार घर निर्माण गरिदिएका छन्।
विराटनगर–१६ स्थित ऋषिदेव टोलमा अति विपन्न गरिब परिवारका लागि घर निर्माण गरिएको हो ।
धनेश्वर ऋषिदेव र सनिचवरी देवी ऋषिदेवको पारिवारिक स्थिति कमजोर रहेकोले भत्किएको घरमा बसिरहेको भन्ने सुचना प्राप्त भएपछि घर निर्माण गरिदिएको सांसद योगेन्द्र मण्डल बताए।
सांसद मण्डल आफैं उपस्थित भएर शनिबार घर निर्माणमा जुटेका थिए।
चारैतिर घेराबेरा गरेर टिनको छाना हालेर घर निर्माण गरिदिएको सांसद मण्डल जानकारी दिए।
यस भन्दा अघि विराटनगर १४ स्थित जतुवाका एक घरिवारको छाना चुहिने भएकोले सांसद मण्डलको पहलमा जिवन विकास लघुवित्तको सहयोगमा टिनको जस्तापाता साथै चाहिने आवश्यक सामान उपलब्ध गराएका थिए।