विद्यार्थीको रोजाईमा विराटनगरको पूस्याट

<span class='c1'>विद्यार्थीको रोजाईमा</span> <span class='c2'>विराटनगरको पूस्याट</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेज स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी (पूस्याट) प्रति विद्यार्थी आकर्षण बढ्दै गएको छ ।

विराटनगर–३ मा रहेको पूस्याट कलेज नेपालकै पहिलो आई.टी. कलेज हो । पछिल्लो समय शैक्षिक गुणस्तरसँगै परीक्षा प्रणालीमा सुधार गर्दै गएपछि विद्यार्थीले पुरानो आईटी कलेज पूस्याट अध्ययनका लागि रोजाईमा पारेका हुन् ।

कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन अध्यापन गराउँदै आएको छ । वि.सं २०५६ मा स्थापना भएको उक्त कलेज साईन्स एण्ड टेक्नोलोजी पढ्ने विद्यार्थीको पहिलो रोजाईमा पर्दै आएको छ । स्नातक तहमा चारवर्षे सेमेस्टर सिस्टम रहेको छ । ब्याचलर इन टेक्नोलोजी इन आर्टिफिसियल इन्टलिजेन्स, ब्याचलर इन कम्प्युटर एप्लिकेशन , ब्याचलर इन इन्फर्मेशन टेक्नोलोजी , पोस्टजु्ृयट इन डिप्लोमा कम्प्यूटर, एप्लिकेशन लगाएतका कार्यक्रम रहेका छन् । यसैगरी स्नातकोत्तर तहमा दुई वर्षे सेमेस्टर सिस्टम रहेको छ । जसमा मास्टर्स इन इन्फरमेसन टेक्नोलोजी र मास्टर्स इन कम्प्युटर एप्लिकेसन रहेको छ ।

उक्त कलेजले विभिन्न विशेषताहरु समेत दिइरहेको छ । अन्तराष्ट्रिय स्तरको करिकुलम अध्यापन हुने, प्रोफेसर तथा एसोसिएट प्रोफेसरहरुबाट अध्यापन हुने, न्युनतम शुल्क तथा छात्रवृत्तीको व्यवस्था भएको , अध्ययनकै क्रममा तथा अध्ययन पश्चात शतप्रतिशत विद्यार्थीहरु रोजगार भएको , यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा आवद्ध भएको साथै अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त संस्थाहरुमा समेत कार्यरत हुनेगरेको, खेलकुद तथा अन्य क्रियाकलापमा समेत पहिचान बनाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्