इन्जिनियरिङ अध्ययनको लागि विराटनगरमा ‘इस्टर्न कलेज अफ इन्जिनियरिङ’

<span class='c1'>इन्जिनियरिङ अध्ययनको लागि विराटनगरमा</span> <span class='c2'>‘इस्टर्न कलेज अफ इन्जिनियरिङ’</span>

विराटनगर । पछिल्लो समय इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङ प्रति आकर्षण बढ्दै गएको हो ।

विराटनगर - २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढेको कलेजको दाबी छ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन र दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण गराईने हुँदा कलेजमा विद्यार्थीको आकर्षण बढेर गएको हो । इस्टर्न कलेजमा इन्जिनियरिङ पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन्।

गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरेको कारणले अभिभावक र विद्यार्थीको इन्जिनियरिङ शिक्षामा इस्टर्न कलेजमा पहिलो रोजाइमा पर्ने गरेको छ ।

२३ वर्ष अगाडि सन् २००० सालमा स्थापीत इस्टर्न कलेजमा इन्जिनियरिङ शिक्षामा एक अब्बल शैक्षिक संस्थाको रुपमा कहलिएको छ । हालै आइएमएसी इन्जिनियरिङ कम्पनी प्रा. लि. जापानसँग भएको सम्झौता अन्तर्गत यस कलेजबाट उत्पादित जनशक्तिहरुलाई तालिमकोे अवसर प्राप्त गर्ने इस्टर्न कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल ई.अमित सुरानाले जानकारी दिए ।

‘जापानका प्रतिष्ठित कम्पनीमा प्रदान गरी रोजगारीको अवसर दिने छ । साथै विद्यार्थीलाई नवीनतम प्रविधिमा दक्ष तथा क्षमतावान् समेत बनाउने छ,’ प्रिन्सिपल ई.सुरनाले भने ।

कलेजमा अहिले वि.ई सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्यूनिकेशन र अटोमेशन इन्जिनियरिङ कार्यक्रमहरु संचालनमा रहेको छ । स्नातक तहको सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङमा सिमित कोटा राखेर भर्ना खुलाएको कलेज प्रशासनले जनाएको छ ।

भर्नाको विद्यार्थीहरुका लागि असोज १३ गते प्रवेश परीक्षा राखिएको प्रिन्सिपल ई.सुरनाले जानकारी दिए।

नेपाल इन्जिनियरिङ परिसदबाट स्वीकृति र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको यो कलेजमा अनुशासित, सुरक्षित र शान्त वातावरणमा निर्धक्ताका साथ पठनपाठन गर्न विद्यार्थीहरुले पाउने कलेजले दाबी गरेको छ।

अनुशासित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन हुने गरेको कलेजले जनाएको छ । विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गर्ने प्रणालीको विकास कलेजमा गरेको छ । जसले गर्दा विद्यार्थीहरुले फराकिलो खेल मैदान, अत्याधुनिक उपकरण जडित कक्षाकोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइबेरीमा निर्धक्क अध्ययन, अनुसन्धान गर्न पाउने कलेजले जनाएको छ । पढाइका अलावा अतिरिक्त क्रियाकलापको व्यवस्था, सिप विकासको लागि फिल्ड एक्सपोजर र विद्यार्थीहरुले अन जब ट्रेनिङ्गको माध्यमबाट इन्टर्नसिपको व्यवस्थाका कारण राम्रो इम्प्लोमेन्टको अवसर कलेजले दिएको छ ।

विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेको कलेजका प्रिन्सिपल ई.सुरनाले बताए ।

कलेज स्थापनाको २३ वर्ष पुरा भएको अवसरमा छात्रा तथा जेहेन्दार विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको पनि व्यवस्था गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्