काठमाडौं महानगरपालिकामा आज शोक बिदा

<span class='c1'>काठमाडौं महानगरपालिकामा आज</span> <span class='c2'>शोक बिदा</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

रिजाललाई डेंगु सङ्क्रमण भएपछि निमोनिया भएको थियो । उपचारका लागि आइसियु हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्