मानव जीवन,समाज र राष्ट्रको विकास योगदान पुर्‍याएको : प्रदेश प्रमुख खापुङ्ग

<span class='c1'>मानव जीवन,समाज र राष्ट्रको विकास योगदान</span> <span class='c2'>पुर्‍याएको : प्रदेश प्रमुख खापुङ्ग</span>

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्राणी विज्ञानमार्फत मानव जीवन , समाज र राष्ट्रको विकास योगदान पुर्‍याएको बताउनु भएको छ।

प्राणीशास्त्र साईसाइटी कोशी प्रदेशस्तरीय दोस्रो अधिवेशनको आज यहां उद्घाटन गर्दै उहाँले मुलुकको विकास एवं समृद्धका लागि थप जिम्मेवारीका साथ कार्य गर्नुपर्ने बताउनु भएको छ। उहाँले यस क्षेत्रका कार्यरत विद्धतवर्गको मुलुकका लागि योगदानको खाँचो रहेको औल्याउनु भयो । प्रदेश प्रमुख खापुङ्गले मुलुकको भविष्य तपाईहरुसँग गाँसिएको हुनाले मुलुकमा एकता , शान्ति कायम राख्न आग्रह समेत गर्नु भयो । प्रमुख खापुङ्गले शिक्षा क्षेत्रमा प्रसस्त लगानीबाट मुलुकले प्रतिफल प्राप्त गर्ने विश्वास जनाउनु भयो ।

प्रदेश अध्यक्ष शालिग्राम अधिकारी, केन्द्रीय अध्यक्ष महेन्द्र महर्जन,प्रो रामबहादुर थापा र माछा विज्ञ सुशिलकुमार झाले देश विकासमा प्राणी शास्त्रको ठुलो योगदान रहेको चर्चा गर्नु भयो ।

कार्यक्रममा गणेश तामाङले घोङगी गरुड चराको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले डा.भरतराज सुव्वालाई लगायत विभिन्न महानुभावलाई सम्मान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्