नेपालको पहिलो क्याम्पसमा पहिलो महिला प्रमुख

<span class='c1'>नेपालको पहिलो क्याम्पसमा</span> <span class='c2'>पहिलो महिला प्रमुख</span>

काठमाडौँ । नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन्।

क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उनी सो क्याम्पसको ३३ औँ प्रमुख बनेकी छन् । २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आईएससी र त्यसपछि बीएससी अध्ययन गरेकी डा. श्रेष्ठले एमएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गरेकी छन् । उनले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गरेकी थिइन् ।

आठ वर्षअघि प्राध्यापक भएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाएकी थिइन् । करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहेकी उनी समाजको पहिलो महिला अध्यक्ष पनि छिन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्