वर्ल्डलिङ्क २९ औँ वर्षमा,इन्टरनेट ग्राहक ८ लाख नाघे

<span class='c1'>वर्ल्डलिङ्क २९ औँ वर्षमा,इन्टरनेट</span> <span class='c2'>ग्राहक ८ लाख नाघे</span>

विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्डलिङ्कले आज आफ्नो स्थापनाको २८ वर्ष पुरा गरेको छ ।

ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीले आज आफ्नो सेवा ७७ ओटा जिल्लामा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। कम्पनीका संस्थापक दिलिप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीको यात्राले २८ वसन्त पार गरिरहदा नेपालको सूचना प्रविधि र इन्टरनेटको क्षेत्रमा गौरवपूर्ण इतिहास बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

२८ वर्ष पुगिरहदा कम्पनीले नेपालमा पहिलोपटक सर्भिस ग्यारेन्टी अफर , पब्जी गेमिङ प्याक , जिबिपिएस स्पिड जस्ता ऐतिहासिक सुविधा बजारमा ल्याएको कम्पनीले उल्लेख गरेको छ ।

आज देशभर ८ लाख भन्दा घरमा इन्टरनेट जडानसहित ३२ लाख भन्दा धेरै प्रयोगकर्तालाई सेवा उपलब्ध गराउने सबैभन्दा ठूलो कम्पनीको रुपमा वर्ल्डलिङ्क परिचित छ ।

देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उताचढावहरू देखेको कम्पनीले देशको ७७ वटा जिल्लामा आफ्नो सेवा पुर्याउन सफल भए कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले अहिले १५ हजार स्थानमा नि:शुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको कम्पनीले दाबी गरेको छ । कम्पनीले इन्टरनेट सेवासँगै मानव सेवा आश्रम , पूर्वान्चल अनाथ आश्रमसहित समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्