भाडामा फर्मासिस्ट लाइसेन्स : औषधी व्यवसायमा बेथिती, मानव स्वास्थ्य जोखिम

भाडामा फर्मासिस्ट लाइसेन्स : औषधी व्यवसायमा बेथिती, मानव स्वास्थ्य जोखिम

विराटनगर । चिकित्सकले बिरामीका लागि आवश्यक पर्ने भनि सिफारिस गरेका औषधी फर्मासिस्टमार्फत पाउनु पर्ने हुन्छ । चिकित्सकको प्रेस्काइभका आधारमा गुणस्तीय औषधी बिरामीले पाएमात्रै शारिरीक समस्या समाधान हुन्छ । रोगको निदानका आधारमा औषधीको प्रयोग भए मात्रै मानिसले स्वस्थ्य जीवन पाउँछ ।

तर, गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा फर्मासिस्टहरुले आफु अध्ययन गरेर पाएको लाईसेन्स भाडामा लगाउँदा अहिले यत्रतत्र समस्या देखिएको गुनासो विज्ञहरुले गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्यन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले लाइसेन्स भाडामा लगाएर औषधी बिक्री केन्द्र पसल खोल्दा पेसा बदनाम हुने गरेको गुनासो गरेका हुन् ।

उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च रहेका बेला अध्ययनपछिको पेसामा भने गैरदक्ष जनशक्ति व्यापारिक रुपमा हावी भईरहेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । फार्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले विना दक्षता र ज्ञान नभएकाहरुले गर्दा फार्मेसी पेसा बदनाम भैहरकोले अनुगनमन गरि बिकृती नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु भनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई विरामीको ज्यान लिनुसरह हुने समेत बताउनुभयो ।

विभागिय प्रमुख रिजाललले पढेलेखेका दक्ष औषधी विज्ञहरुले पर्दा पछाडीको हिरो बनेर काम गर्नुपर्नेमा पढिसकेपछि आफू अन्त कामकाजी भए लाइसेन्स भाडामा दिएर पनि कमाउने गरेको बताउनुभयो ।

यसैगरी विश्वविद्यालयका रजिष्टार डा. दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्याव लाई आफंैले औषधी परिक्षण गर्नसक्ने मेघा ल्यावमा स्तरोन्नती गर्न लागेको जानकारी दिनुभयो । उहाँले देशमा दक्ष फार्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बीफार्मेसीको पठनपाठन सुरु गरेको र चाँडै व्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी बिषयमा पनि स्नातक तहको पठनपाठन गराउन लागेको जानकारी दिनुभयो ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरु विना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने बताउनुभयो । निमित्त परीक्षा नियन्त्रक भीम काफलेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरीय बनाउदै समयमै परीक्षाफल प्रकाशित गर्न आफुहरु निरन्त लागिपरिहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्