शिक्षकमा प्राविधिक ज्ञान अभाव हुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै

शिक्षकमा प्राविधिक ज्ञान अभाव हुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै

विराटनगर । प्राविधिक ज्ञान र सीपसहितका शिक्षक नहुँदा सामुदायिक विद्यालय विद्यार्थीका लागि आकर्षणविहीन हुन थालेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरु समेत यो विषयलाई स्वीकार गर्दै विद्यार्थीका लागि आफ्नो दक्षतामा प्रश्न उठेको स्वीकार गर्दछन् ।

शिक्षकहरुले ज्ञान सिकाएपनि प्रविधिको धान र सीप सिकाउन नसकेका कारण पनि विद्यार्थीहरुलाई विद्यालयमा आकर्षण घट्दै गएको उनीहरुको ठहर छ । मंगलबार विराटनगर महानगरपालिका ११ नं. वडा कार्यालयको आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि अन्तरकृया कार्यक्रममा बोल्दै शिक्षकहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

विद्यार्थीहरुलाई विद्धान बनाउन खोज्दै गर्दा समयले सिपालु विद्यार्थी मागिरहेको र विद्यार्थीले सीप खोजिरहेको बेला शिक्षकमा ज्ञान अभाव भएको अरुणोदय आधारभूत विद्यालयका प्रधानध्यापक जीवन कोइराला बताउँछन् । ‘विद्यार्थीहरुमा विद्यालय प्रति आकर्षण मर्नुभनेको शिक्षकहरुमा सीप नहुनु, अहिलेको वर्तमान अवस्थामा चल्न सक्ने सीपसहितको शिक्षक अहिलेको युगको आवश्यकता हो तर हामी विज्ञहरु ज्ञान सिकाउन सक्छो तर सीप सिकाउनु सकिरहेका छैनौं’ कोइरालाले भने विद्यार्थीहरु परिवेश हेरेर विद्यालय आउन थालेका छन् ।

‘सामुदायिक विद्यालयको अभिभावक र निजी विद्यालयको अभिभावक तुलना समेर फरक रहेको बताइन्छ । निजी विद्यालयमा विद्यार्थी पठाउने अभिभावकले समय व्यवस्थापन गरेर सन्तानलाई विद्यालयसम्म पुग्ने वातावरण निर्माण गर्ने गरेका छन् । तर, सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकले विद्यार्थीका लागि त्यो समय व्यवस्थापन गर्नुपर्ने ठान्ने नगरेका हुन् । ‘सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी कुरिदिने अभिभावक जस्ता मात्रै भए’ शिक्षक कोइरालाले भने–यसमा राज्यको र शिक्षकको भूमिका बढ्न जरुरी छ । प्राविधिक ज्ञानको अवसर र सीपको अवसर राज्यले सिर्जना गर्नुपर्दछ, विद्यार्थीलई त्यो ज्ञान शिक्षकले दिनुपर्दछ ।
यस्तै जनपथ माध्यमिक विद्यालयका प्रधानध्यापक हरी पराजुलीले निजी विद्यालयसँगको गुणस्तर र सामुदायिक विद्यालयको गुणस्तर तुलना गर्न नसकिने बताए । अभिभावकलाई विद्यालयमा बोलाउदा महिनामा एकदिन पनि उपस्थिति नजनाउने बताउदै उनले वर्षमा एकदिन पनि अभिभावकको उपस्थिति नहुने बताए । उनले भने,‘कुनैकुनै समय छात्रावृत्ति वितरण गर्दा मात्रै अभिभावकको उपस्थिति हुन्छ नत्र हुँदैन ।’

सुर्तीजन्य पदार्थबाट टाढा छैनन् सामुदायिक विद्यालयका विद्यार्थी
जनपथ मा.वि कक्षा ७ मा अध्ययनरत मनोज कामतले विद्यालय परिसरमा भोला, गुड्खाका खोलहरु भेटिने र सोही विद्यालयका विद्यार्थीहरुले सेवनपनि गर्दै आइरहेको बताए । उनले विद्यालयमा विद्यार्थीहरु अस्लिल शब्दको प्रयोग गर्ने गरेको पनि गुनासो गरे । ‘हाम्रो विद्यालयमा भोला, गुड्खाको खोलहरु भेटिन्छ, विद्यार्थीहरु अपशब्द प्रयोग गर्दै बोल्ने गरेका हुन्छन्,’ उने भने,‘शिक्षकहरुले पढाउने विषयमा भने राम्रो छ ।’ ११ नम्बर वडामा रहको दुईवटा विद्यालयमा अश्लिल शब्द बोल्ने गरेको गुनासो थियो । महानगरपालिकाले निषेध गरेको सुर्तिजन्य पदार्थ विद्यालयमा नै लागु नभएको समेत गुनासो छ । त्यसमापनि जनपथ मा.विका विद्यार्थीहरुमा केही प्रवृत्ति बढेको र विद्यालयको परिसरमा(पछाडी पट्टी) शिक्षकहरुले रोकेपनि लागुऔषध सेवन गर्नेको संख्या बढ्दो देखिएकाले यसमा रोक्न जरुरी रहेको अभिभावको भनाई थियो ।
विद्यालयमा रहेका बाल क्लवलाई प्रभावबारी बनाएर विद्यार्थीबीचकै अभियानले मात्रै कुलत छुटाउन सकिने अग्रज पत्रकार यज्ञ शर्माको भनाई छ । विद्यार्थीले पढाईको विषयमा बुझ्न नचाहनु पनि समस्या रहेको बताउँदै यसका लागि विद्यार्थीले विद्यालय भित्र विद्यार्थीकै लागि अभियान चलाउनुपर्नेमा उनको जोड थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यार्थीहरुमा फैलिएको विकृति न्यूनिकरणमा समाजका अग्रजहरुको पनि अहम भूमिका हुनुपर्ने बताए । ‘समान्य बदमास स्वभाविक तरिकाले विद्यार्थीहरुले गर्छन, तर अहिले आएर अनुशासन भन्दा बाहिर गएर बदमासी गरेको देखिन्छ, जस्तै लागुऔषध सेवन गर्ने, सूर्तीजन्य पदार्थ प्रयोग गर्ने यसालाइ घटाउनका लागि अभिभावक, विद्यार्थी, शिक्षक र समाजका अग्रजको भूमिका आवश्यक रहेको मेयर कोइरालाको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्