विराटनगरमा क्यारिङबाट भित्रन्छ भारतको फूल : भन्सारमा छैन तथ्यांक–बजारमा आउँछ कोलकाताबाट

विराटनगरमा क्यारिङबाट भित्रन्छ भारतको फूल : भन्सारमा छैन तथ्यांक–बजारमा आउँछ कोलकाताबाट

विराटनगर । विराटनगरका अधिकांश पुष्प व्यवसायीहरुले भारतको कोलकाताको फूल सीमापारीबाट क्यारिङमा भित्र्याउने गरेका छन् । भारतको कोलकाताबाट सीमापार जोगबनीसम्म ल्याएर क्यारिङमार्फत विराटनगर बजारमा आउने गरेको हो ।

सरकारले फूल आयातमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध नलगाएपनि भन्सारबाट फूल आयात भएको तथ्यांक छैन । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत पर्शुराम दाहालले भन्सारबाट औपचारिक रुपमा फूल नभित्रने बताएका छन् । व्यापारीहरुले भने सीमापारीबाट क्यारिङमा फूल आउने गरेको आफैं स्वीकार गरेका छन् ।

बजारमा पुष्प व्यवासय गर्दै आएका उनीहरुले भारतकै फूल बढी चलाउने गरेका छन् । कारण, भारतको फूलमा फर्मालिन हालेका कारण भण्डारण गरेर राख्दा समेत धेरै दिनसम्म टिक्छ । नेपालको फूल तत्काल टिपेर प्रयोग गर्न बाहेक भण्डारण गर्दा चाँडो बिग्रने गरेको उनीहरु बताउँछन् ।
तिहार नजिकीदै गर्दा विराटनगर सेन्ट्रल महल पूर्वतर्फको जय गुरु फूल डेकोरेशनका सञ्चाालक अमल बेराले भारतको कोलकाताबाट ४०० बन्डल सयपत्री फूल भित्र्याएर भण्डारण गरेको सुनाए । उनका अनुसार यो आठ हजार थान माला कोलकाताबाट आएको हो । उनको पसलसम्म भने क्यारिङमार्फत आईपुगको थियो । विराटनगर मेनरोडस्थित राधाकृष्ण फ्लावरका रुपेश साहले भने भन्सार काटेरै फूल आयात गरेको दावी गरेका छन् । उनले हप्तामा तीन पटक फूल आउने गरेको बताएका छन् । तर, भन्सारको तथ्यांकमा छैन । क्यारिङबाट आउने फूल भन्सार छलेर आउने गरेका कारण कतिपयले आफ्नो विवरण दिन समेत मान्दैनन् ।

विराटनगर महानगरपालिका राजस्व महाशाखाका प्रमुख सरोज गौतमले विराटनगरका अधिकांश पुष्प व्यवसायीहरु दर्ता नभई कारोबार गर्दै आएको बताएका छन् । उनले फरक प्रयोजनका लागि दर्ता भएका व्यवसायहरुले फूलको कारोबार गरेका कारण पनि महानगरसँग यकिन तथ्यांक नभएको बताएका छन् । भारतबाट फूल आयात गर्दा क्वारेन्टाइन परीक्षण गराउनु पर्ने हुन्छ । क्वारेन्टाइन परीक्षण गराएको फूल भन्सारको बाटो भएर भित्र्याउनु पर्ने हुन्छ । तर, फर्मालिन हालेको फूल क्वारेन्टाइन परीक्षण गराउनु भन्दा क्यारिङमार्फत सेटिङमा भित्रने गरेको हो । फूल जस्तो पवित्र वस्तुलाई सीमामा वारपारमा वास्ता गरिदैन । तर, ठूलो कारोबार हुने फूलको अवैध आयातमा सीमा सुरक्षामा बसेका प्रहरीसँगको सेटिङमै भित्रने गरेको व्यापारीको बुझाई छ ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्