-ऋषि तिवारी
'एउटा थोत्रो रेडियो थियो उसबेला मेरो ।'
विहानै विहान शिवगानको स्तुति सुन्थें । 'ॐ हरहर हरहर, महादेव ।'
त्यसदिन रेडियोले सधैं दिने जस्तो शिव स्तुति दिएन । शोक धुन दिइरहेको थियो । 'खै आज के भो, रेडियोले किन शोक धुन दियो?' मनमा चस्का पस्यो, पक्कै देशको प्रतिष्ठानवाला राजनेता गयो ।
संचारको छिटो छरितो, प्राविधि भनेको नै टिभी थियो । टिभी काकाको घरमा थियो । मेरो घर अगाडी थियो, काकाको घर पछाडि । काकाघर, गाउँघरमा पनि उहि रेडियोले शोक धुन दिइरहँदा, काकाले टिभी खोल्नु भएछ, 'नारायणी राजदरबारमा राज परिवारको हत्या ।'
काका हल्ला गर्न थाल्नु भएछ, 'सके है सकें हाम्रा प्यारा राजारानी ।'
काका, आफ्नै घरमा हल्लखल्ल गर्दै, हाम्रा बा छेउ आउँनु भएको थियो, भन्नु भो, 'दाजु, राजारानी र सब परिवार सकेछन्,हत्याराहरुले ।' बाले यति भन्नु भो, 'हो र कान्छा ?'
उता पत्नीले काका र बाको संवाद सुनेपछि, म निर आइ, र, भनिन्, 'हजुर राजारानी मरे रे, म बिश्वस्त थिइनँ । किन बिश्वस्त थिइनँ ? किनकी राजाको सुरक्षा कवच सेनाको हातमा थियो ।
एक्कासी बाटाघाटामा मान्छेको जुलुस, हुलमुल गर्दै बाहिरियो । 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,हत्यारालाई फाँसी दे ।' 'ओहो, खराब समाचार ।'
राजा प्रजातन्त्रप्रेमी राजा गुमाउनु परेको पिडा मैंले पनि लिएँ,अनि त्यहि भीडमा मिसिएँ, भीडको हुलमुलमा मेरो पनि चर्को आवाज निस्कियो, बस यति नै निस्कियो, 'हत्यारालाई फाँसी दे ।'
आजकै दिन १९ गतेकै दिन राजपरिवाको हत्या भएको थियो ।
नत कसैको त्यो चर्को आवाज काम लाग्यो न मेरो नै आवाज काम लाग्यो।
'राजपरिवारको हत्या आखिर कसले र किन गर्यो ?'