कुल्चिएको धरातल

कुल्चिएको धरातल

- पुष्पा बोगटी
जीवन, मरेको एउटा यथार्थ हो माइलीको
जहाँ मर्नुको उपाय धेरै थियो र
बाच्नुको अर्थ केही थिएन

त्यस्तो पहरामा पनि चट्याङ परेको बेला
बा र आमाको सपना छोरीको घर बन्नु थियो।

तर अपसोच !
मरेका मान्छेहरूको चिहानको घर छ।
तर जिउदी माइलीको
जीवनमा एउटा घर भत्किएको थियो।

माइतीको गरिबीको लान्छना लागेको।
दाइजोको विपत्तिले आकाश खसेको।
उनको अस्मिता माथि समाजले गिज्याएको।
छर्लङ्ग देखिन्थ्यो माइलीले वेदना बिछ्याएको।

उनले वाक्य फुटाउनु भनेको
बा आमालाई पिरोल्नु हो।
साहस नभएकी बेकामकी
गरेर खान नसक्नु हो।
उनि आफै लज्जित हुनु हो या भनौ उनले
समाजका लागी बदनामी आइमाईको उपनाम लिनु हो।

पुरुषलाई समाजले पुरुष भएकै भरमा
पुरुषार्थ हुनुको प्रमाणपत्र दिएको छ।
स्वास्नीमान्छेलाई,दबाउन सक्ने
सामर्थ्य र शक्ति दिएको छ।

बजारमा स्वास्नी मान्छेको चरीत्र सस्तोमा पाइदो रहेछ हजुर !
यहाँ मुल्यवान त लोग्नेमान्छे हो ।
उ छाती फुलाउछ, उ इज्जत बनाउछ ।
जसरी एउटा थाप्लोमा दुइटा नाम्लो राखे सरह उस्ले
स्वास्नीहरु, थप्नुमा पनि उ गर्व गर्छ ।

यहीँ बेला मेरो देशले हेरिरहन्छ रमिता
आफ्नै लोग्ने द्वारा स्वास्नीको हत्या।
अर्धचेतमा छ मेरो देश !!
यहाँ अपराधी ,ज्यान मारालाइ आम माफी दिइन्छ।

सरकार कृपा गरेर!!
न्यायलयको भित्तामा अब एउटा यस्तो सुचना,
सार्वजनिक गरियोस्। जहाँ लेखिएको होस् (चोरलाई चौतारी र साधुलाई सुलि)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्