-कमला पौडेल
एउटा रामपुर भन्ने गाउँमा अभिनास नाम गरेको किसानको परिवार बस्ने गर्दथे। उनको परिवारमा उनकी श्रीमती सृष्टि र दुई छोरीहरु रिमा र मनिसा थिए । अभिनासको दुई दाजुहरु पनि थिए तर उनीहरु पहिले नै छुट्टीएर बसेका थिए। तीन दाजुभाई मध्य अभिनासको परिवारको आर्थिकस्थिति निकै कमजोर थियो। उनले दिनभरी अर्काको मेलापात गरेर खेती किसानी गरेर आफ्नो बिहान बेलुकाको गुजारा चलाउदै आएका थिए।साथमा उनकी श्रीमतीले पनि दिनभरी काम गरेर श्रीमानलाई सघाउने गर्दथिन।
जस्तोसुकै स्थिति भएपनी उनीहरुले आफ्नो दुई छोरीहरुलाई पढाएर उच्च शिक्षा हाँसिल गराउने चाहना राखेका थिए। सायद त्यसैले पनि अभिनास र उनकी श्रीमती सृष्टिले दिनहु काम गरिरहन्थे।छोरीहरुलाई पनि भर्खर भर्खर स्कुल भर्ना गराएका थिए।स्कुल भने नजिक नै थियो यति कुराले गर्दा पनि उनीहरुलाई केही सजिलो भने भएको थियो।अभिनास बिहान्नै काम गर्न निस्किन्थे उनकी श्रीमती सृष्टि भने भान्सा गरेर छोरीहरुलाई स्कुल सम्म पुर्याएर आँफु पनि काममा जाने गर्दथिन। आफ्नो आयस्रोत केही पनि नहुदा कताकता मनमा दु:ख त लाग्दथ्यो तर दिनहुँ काम गरेर भएपनी गुजारा चलाएकै छौं भनेर चित्त बुझाउने गर्दथे अभिनास पनि।
यस्तै गरेर दिनहरु बिस्तारै बित्दै गएका थिए।मेलापात गरेरै भएपनी उनीहरु खुसी साथ बस्दै आएका थिए।साथमा दुई छोरीहरुले पनि राम्रोसँग पढ्दै आएका थिए।एकदिन सृष्टि भान्सा गरेर मेलापात जाने बेलामा अभिनासलाई मेलामा जानुपर्ने यति बेलासम्म पनि किन उठ्नु भएन भनेर हेर्न कोठामा पुग्दाखेरी अभिनास भुइँमा कराउँदै पल्टिएको देखिन।त्यसपछि एकोहोरो के भयो हजुरलाई भनेर रुन थालिन।एक्कैछिनमा सार्हो रोएको आवाज सुनेर होला अभिनासको घरमा केही मान्छेहरु जम्मा भए र अभिनासलाई हस्पिटल लैजाने तयारी गरे।
हस्पिटल पुर्याएपछी थाहा भयोकी अभिनासलाई क्यान्सर भएको रहेछ एक्कासी यस्तो खबरले अभिनासकी श्रीमती सृष्टिले के भयो यस्तो भनेर भक्कानिन लागिन।छोरिहरुले भने खबर पाएर होला आमा भएको ठाँउमा आइपुगे र सोधे मामु बाबालाई के भयो भन्दा सृष्टिले आफुलाई समाल्दै बिरामी पर्नुभएको हो केही दिनमा निको हुनुहुन्छ भनेर सान्त्वना दिइन।दुई छोरी मध्य मनिसा भने रिमा भन्दा एक दुई वर्षले ठुली भएकी भएर बुझ्ने भएकी थिइन भने रिमा भने थोरै बुझ्ने थिइन तर सबै कुरा समाल्नको लागि भने उनिहरु सक्दैन थिए।
केही बेरपछी अभिनासलाई घर लिएर आए।यति सम्म भयो तर अभिनासको दुई दाजुहरुले भने केही थाहा नपाएको जस्तो गरेर बसेका थिए।लाग्छ कि उनीहरुको अभिनाससङ्ग केही सम्बन्ध नै छैन।हुन त दाजुभाइ आफन्त भन्ने पनि नामको मात्रै न हो आफुलाई दु:ख पर्दा कसले पो बुझ्छ र त्यसैले भन्ने गरिन्छ बरु भावनाको नाता रगतको नाता भन्दा ठुलो हुन्छ।हुनपनि हो अभिनासको दुई दाजुहरु रगतको नाता भएर पनि उनलाई त्यति ठुलो दु:ख पर्दा केही सहयोग गरेनन बरु गाउँको मान्छेहरूले त कमसेकम अस्पतालसम्म पुर्याइदिएका थिए।
अभिनासको उपचारको लागि धेरै पैसा चाहिने भयो नत्र उनको जीवन नै जाने अवस्था आइपुग्यो।अरु त अरु अभिनासको घरमा ठुलो नै बज्रपात आईपुग्यो दिनभरी खेती किसानी गरेर गुजारा चलाउदै आएका अभिनास नै यस्तो अवस्थामा छन।छोरिहरुको स्कुल जान पनि त्यही दिनदेखि बन्द भयो जुन दिन अभिनास बिरामी परेका थिए। उनिहरुलाई बिहान बेलुकाको खाना खानको लागि पनि समस्या आइपरेको थियो।
दिनहरु बित्दै गए अभिनासलाई पनि ब्यथाले च्याप्दै गयो क्यान्सर जस्तो रोग त्यहाँ माथी औषधी खानको लागि पैसा पनि थिएन। त्यसैले पनि उनलाई झनभन्दा झन समस्या हुँदै गयो।अभिनासको दाजुहरुसग त उनको उपचार गर्नको लागि चाहिने खर्च थियो तर उनीहरुले सहयोग नै गर्न चाहेनन।बिचरा आँफुले सक्दा खेरी त दाजुहरुलाई जे काममा पनि सहयोग गर्दै आएका थिए अभिनास तर आज उनको यस्तो अवस्था हुँदा पनि दाजुहरुले हेरेनन भनेर भक्कानिन्थे।तर उनको त्यो रुहाई कस्ले पो सुन्थ्यो र।
रोग र शोकले गलेका अभिनासको एक मुठी सास मात्रै बाकी थियो त्यही पनि सकियो उनको अचानक मृत्यु भयो।अभिनासको यस्तो अवस्थाले उनकी श्रीमती अलका पनि सहन नसकेर सदाका लागि नफर्किने गरेर गइन।आमाबाबाको यस्तो अवस्था देखेर दुई छोरीहरु रुन लागे।रुन बाहेक गर्न पनि के नै सक्थे र सानै थिए।ठुली छोरी मनिसा भने केही बुझ्ने भएकी थिइ गाउँलेको साथमा रुदै आमाबाबाको दागबत्ती दिएर बहिनी रिमालाई लिएर घर फर्किएर आए।
गाउँघरमा दशै जस्तो महान पर्व नजिकिएकोले गर्दा सबैको घरमा खुसियाली छाएको थियो।यता अभिनासको घरमा भने दशै होइन दसा लागे जस्तो भयो बिचरा दशै जस्तो महान पर्व आमाबाबा हुनुहुन्न ।अरुले जस्तो रमाउन मन त लाग्छ नि तर के गर्नु हाँस्ने खेल्ने उमेरमा बाबाआमालाई गुमाउन पर्यो ती दुई छोरी मनिसा र रिमालाई।अब बुझ्ने र उमेरले एक दुई वर्ष ठुली भएकी भएर बहिनी र घरको जिम्मेवारी मनिसाले समाल्नु पर्ने भएको थियो।
सजिलो कहाँ थियो र सानै उमेरमा घर समाल्न र बहिनिको जिम्मेवारी उठाउन त्यहिपनी जसोतसो मनिसाले बाबाआमा नभए पनि मैले बहिनिलाई पढाउनु पर्छ भनेर सकिनसकी काममा लाग्न लागिन।बिहानै बहिनिलाई स्कुल पठाउने अनि आँफुले मेलापात गरेर गुजारा चलाउने मनिसाको दैनिकी चल्यो।दशैको दिन थियो बहिनिको पनि बिदा थियो अरुका घरमा मिठो मिठो पाकिरहेको थियो तर आँफ्नो घरमा खानको लागि मात्रै चिउरा र पानी थियो।साथिहरुको निधारमा रातो टीका र जमरा देख्दा खेरी मनिसा र रिमाको मन सार्है रुन्थ्यो बाबाआमालाई सम्झिएर रुन बाहेक के नै गर्न सक्थे र रोईरहन्थे।
भन्नको लागि ठुलोबाबाहरु त थिए तर उनिहरुले त पहिल्यै मुख बारिसकेका थिए ती साना नानिहरुलाई त्यस्तो अवस्थामा देख्दा पनि उनिहरुको मन पग्लिएन।उल्तै बाबाआमा लाई टोक्ने अलछिनाईहरु भनेर हेलाको दृष्टिकोणले हेर्थे।आमाबाबालाई सम्जिएर रोएरै उनिहरुको दशै सकियो।भोलिपल्ट देखि नै आँफ्नो दैनिकी काममा फेरि लाग्न थालिन मनिसा।दिनहुँको मनिसाको संघर्षले गर्दा बहिनिको पढाई र घरको स्थिति पनि राम्रो हुँदै आएको थियो।
रिमाले पनि आँफ्नो पढाई सकेर गाउँकै आफुले अध्ययन गर्दै आएको स्कुलमा पनि आफ्नो पढाई सकेर गाउँकै आफुले अध्ययन गर्दै आएको स्कुलमा अध्यापन गर्ने मौका मिल्यो।त्यसपछि त दुई बहिनी खुसी भए।सायद आज आमाबाबा हामीसङ्गै भएको भए झन कति खुसी हुनुहुन्थ्यो होला भन्दै फेरि एकोहोरिन लागे।आजभोली त अभिनासको घरमा पहिलेको भन्दा निकै राम्रो हुँदै आएको छ।दिदी मनिसाले घरको जिम्मेवारी समाल्दै आएकी थिइन भने बहिनी रिमाले स्कुलमा गएर पढाउने काम गर्दै आएकी थिइन।
यसरी नै उनीहरुको दिनहरु बिस्तारै बिस्तारै बित्दै आएको थियो।समय सङ्ग सङ्गै थोरै केही कुराहरु बदलिदै आएको थियो।दुई बहिनीहरुलाई पहिलेको भन्दा केही राम्रो त भएको थियो।तरपनी उनीहरु खुलेर हाँस्न भने सकेका थिएनन।सायद आमाबाबाको कमिले नै होला उनीहरुको साथमा भौतिक सुख सुविधा त थियो। तर आमाबाबा नै साथमा नभए पछि कसरी खुसी देखिन सक्थे र।आमाबाबाको सबैभन्दा जरुरी थियो उहाँहरु नै साथमा नभए पछि कसरि मनमा खुसी मिल्न सक्थ्यो र। त्यसैले पनि उनीहरु निर्धक्कको साथ खुशीको साथ बस्न सकेका थिएनन।किनकी उनीहरुलाई आमाबाबाको सम्झनाले झस्काइरहन्थ्यो।
भनिन्छ धन सम्पत्ति र सुख सुविधा भएपछी अरु केही कुराको आवश्यक पर्दैन।तर वास्तविक त यहि हो जति नै सुख सुविधा किन नहोस् आमाबाबा बिनाको घर मसानघात जस्तो शून्य हुन्छ।रिमा र मनिसाको वास्तविक जिवनमा पनि यस्तो हुन पुग्यो।समयको खेल सङ्गै सुख सुबिधाले सम्पन्न त छन तर यतिका वर्ष बित्दा पनि आमाबाबाको सम्झनामा रोएरै रात दिन कताउने गर्छन रे।आमाबाबा बिनाको जीवन उनीहरुको सदाको लागि अपुरो अनि अधुरो बन्न पुग्यो।