विराटनगरको जनता मा.वि.मा दुई वर्षमै दोब्बर भए विद्यार्थी

विराटनगरको जनता मा.वि.मा दुई वर्षमै दोब्बर भए विद्यार्थी

विराटनगर । विराटनगर शंखरपुर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा दुई वर्ष अगाडीसम्म विद्यार्थी गणना गर्दा दुईसय पुग्दैनन् थिए । शैक्षिक कागजात मिलाउन मरिहत्ते गरेर संख्या देखाउनु पर्ने बाध्यता विद्यालय प्रशासनलाई थियो । जीर्ण सरकारी विद्यालयको नमुना बनिसकेको जनतामा २०७९ देखि एकाएक संरचना र ब्यवस्थापनमा सुधार आयो । जसको फलस्वरुप कागजमा देखाउनु पर्ने विद्यार्थी संख्या कक्षा कोठामा उपस्थित भएर पढ्न थाले ।

जनता मा.वि. लाई राजनीतिक खिचातानीले हल्लाईरहेको बेला पूर्व विद्यार्थी संगठनहरु क्रियाशिल भए । त्यसपछि भूतपूर्व विद्यार्थी मनोज बिक्रम शाह व्यवस्थापन समितिको अध्यक्षमा चयन भए । त्यसपछि क्रमशः विद्यार्थी संख्या बढ्दै बढ्दै जाँदा ५६७ जना पुगेका हुन् ।
विद्यालयका साहायक प्रधानाध्यापक चिन्तामणि रिजालले आर्थिक रुपमा जर्जर भईसकेको विद्यालय पछिल्लो समय ब्यवस्थापकीय हिसाबले सुधार हुँदै विद्यार्थी भित्र्याउन सफल भएको बताउँछन् । हाल बिद्यालयको अध्यक्ष मनोज विक्रम शाह छन् । उनी जनताको भूतपूर्व विद्यार्थी हुन् । विद्यलयलाई यहाँसम्म ल्याइ पुर्याउन सम्पुण शिक्षक शिक्षिकाले दिनरात मेहनत गरेको सहायक प्रअ रिजाल बताउँछन् । सहायक प्रअ रिजालले विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शाहले संघ संस्थासंग सहकार्य गर्न पहल बढाएर विकासमा हरदम सहयोग गरिरहेको बताएका छन् ।

जनता मा.वि. २०६० देखि जर्जर भएको हो । आर्थिक रुपमा यस विद्यालयको जिम्मेवारीमा रहेकाहरु नै गैरजिम्मेवार हुँदा बारम्बार अख्तियारको छापा मार्ने केन्द्र समेत बनेको थियो । नियुक्तिमा मिलेमतो र भ्रष्टचार, राजनीतिक भागबण्डाको तानातानमा परेको थियो । राजनीतिको चपेटामा परेर राम्रो ब्यवस्थापन नहुँदा विद्यालय बन्द हुने स्थितिमा पुगेको सहायक प्रअ रिजालको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहले पछिल्ला दुई वर्षमा धेरै मेहनत गरेर विद्यालयको शाख फर्काउन प्रयास गरिरहेको बताए । उनले व्यवस्थापनदेखि शैक्षिक गुणस्तरसम्म सुधारमा एकिकृत प्रयास भईरहेको बताए । ‘आफैं कक्षा १० सम्म पढेको विद्यालय बन्द हुने अवस्थामा पुग्दा दुःख लाग्दो भयो’ शाहले भने–एकै पटक १५० जना विद्यार्थीले एसएलसी लेख्थे त्यसबेला । उनी जनता मा.वि.का २०५० सालका ब्याजी हुन् । अहिले जनताले अग्रेंजि माध्यमबाट समेत पढाई सुरु गरेको छ । अभिभावकको माग अनुसार र सहयोगमा पढाईमा विविधता थपिएको हो ।

अभिभावकले अग्रेजी माध्यमका लागि १० देखि १४ हजारसम्म सहयोग शुल्क बुझाउँदै आउनु भएको शाहले बताए ।
अहिले विद्यालयले बिद्यार्थीको सहजताकालागी दुई वटा बस समेत राखेको छ । एउटा बस उक्त विद्यालयको आफ्नै हो भने अर्को एउटा विद्यालयले भाडामा लिएर लिएको हो । यस विद्यालयमा बालकेन्द्र देखि कक्षा ११ सम्म पढाइ भइरहेको छ । विद्यालयमा जम्मा २३ कर्मचारी कार्यरत छन् । यस विद्यालयको स्थापना बि.सं. २००९ मा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्