-ऋषि तिवारी
मेरो बिहानीको मर्निङवाकको सेरोफेरो सदा झैँ उही थियो ।
मर्निङवाक नगरे, स-शरीरमा फुर्तिलो कमी हुन्थ्यों । शरीर फुर्तिलैको लागि भएपनि मेरो मर्निङवाक आवश्यकता थियो ।
सदाझैं बिहानको सेरोफेरोमा निस्किएँ । अर्थात घरबाट बाहिरिएँ ।
बाहिरीदै जाँदा, मेरो वार्डको सिमानाबाट अर्को वार्डको सिमाना नाघें ।
हिड्दैछु । मनमनै गुत्थैछु । 'यसपाली कसले जित्ला ?' मनपनि दुइ थरीको थियो मेरो । अर्को थरीको मनले गुत्थ्यो । 'ह्या जसलेसुकै जितोस् । अहिले नेतालाई जनता चाहिएको छ, जनतालाई चाहिं जितेर गएको नेता । जित्नेले वार्ड र नगरको विकास गरोस् भन्ने आम चासो जनताको रहेको छ ।'
मर्निङवाकको सेरोफेरो करिब करिब सक्किनै लाग्या थियो । मेरो वार्डको सिमानामा एउटा कुइनोटोमा चिया पसल । त्यही चिया पसल छिरेँ ।
त्यहां राजनितिकदल,र,कार्यकरतहरुको झुण्ड थियो । त्यही झुण्ड थिचोल्दै भित्र पसेँ । साहुनीलाई चियाको अडर दिएँ । उनी कार्यकर्ताहरुलाई र उपस्थिति मान्यजन नेताहरुलाई चिया बनाएर दिन व्यस्त थिइन् । मेरो भागको चिया बन्न सकेन । म पर्खिरहेको थिएँ । यत्तिकैमा पत्नीको फोन मोवाइलमा बज्यो । फोन उठाएँ । र, भनेँ, 'हन के भो ? म वार्डको सिमानामैं छु त !'
उनले बुझिन् ! हिजोआज त्यो वार्ड सिमानामा भएको चिया पसलमा साहित्य हैन, राजनितिक गफगाफ नियाल्दैछन् ।
हो म साहित्यकार थिएँ । कतिपय यही चियापसलबाट साहित्य फुर्न सफल भएको थिएँ । कसैलाई, मुक्तक, कविता, र गजल सुनाएर आफ्नो तारिफ बटुल्थें । त्यो वार्डको सिमाना भएपनि मेरो महानगरपालिका थियो । यति आफ्नो मनलाई बुझाउन खोजें । 'आफ्नो वार्ड त आफ्नै हो, तर महानगरपालिकाको मेयरमा पो कसलाई चुन्ने ?'
विराटनगर-६, ममता-मार्ग ।