दोष

दोष

-चूडामणि नेपाल
“यो कोठामा नाति बस्छ । बुवा भन्नुहुन्थ्यो ।

काजक्रिया सकेको पर्सिपल्ट अस्तु सेलाउन हामी बराहा क्षेत्रतिर लाग्यौँ । साँझमा घर आइपुग्दा कोठा झकमक्क सिँगारीएको थियो । बुवाको झल्को आउने कुनै सामान त्यहाँ थिएनन् । महादेव , कृष्ण, दुर्गा, हनुमान् , काली माताका ठाउँ मा भित्ताभरी अर्धनग्न तस्वीरहरु टाँगिएका थिए । आफुले देख्दै नदेखेका झ्याप्लेहरु मुस्कुराइ रहेका देखिन्थे । वर्षौँ पुजिएका श्रीमद्भागवत गीता, रामायण, महाभारत र अन्य बहुमूल्य धार्मिक पुस्तक लगायत आफुले फुर्सदमा पढन भनेर राखिएका कुनै पुस्तकको नामोनिशान त्यहाँ थिएनन् ।

“के हो यो पारा ” मैले छोरी नीरा र नरेशलाई प्रश्न गरेँ । छोरी नीरा बोली “भाइले मैले भनेको केही मानेन अव हजुरबा नभएपछि हामीलाई किन चाहियो ती सामान भन्दै सबै बारीमा लगेर आगो लाईदियो । ”
“ म हत्तपत्त बारीमा गएर हेरेँ । नमिठो कालो धुवाँ पुतपुताई रहेको थियो । कतैबाट बुवा बोलेझैँ लाग्यो ।

“नातिलाई केही नभन्नु दोष तेरो र मेरो थियो । ” म अवाक् टोलाई रहेँ । गीतारसँगै कोठामा अङ्ग्रेजी गीत घन्की रहेको थियो म चुपचाप आफ्नो कोठातिर लागेँ ।

विराटनगर १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्