-जयन्ता खत्री 'सुधा'
के पाउने आसमा हो कुन्नि
के कमाउने आसमा हो
कहाँ पुग्ने हतारमा हो
कस्लाई भट्ने उद्देश्यमा हो
एका विहानै सितको थोपा
सिरुको पात बाट नझर्दै
बिहानिको किरण हिमलको चुचुरोमा नपर्दै
म्याउ म्याउ गर्दै
खुर्र दौडिरहेको बिरालोलाई सराप्दै
चौतारो,पाटि , पौवा,धारो र पधेरो
एकपछि अर्काे छोड्दै छोड्दै
ओरालो झरेको हो त्यो बिर्खे
आएन क्यारे
के सिकेछ त्यो मेरा ले
ठ्याक्कै शहरिया भएछ
बा को दाहसंस्कार पनि गर्न आएन
आमालाई एकजोर फरिया र चोलो
पठाएको थियो रे
माथ्लाघरे साइँला को हातमा
के लगाउँथिन् बिचरिले
त्यो उजेली ऊ कलकलाउँदो उमेर देखि अहिलेसम्म
त्यसैलाई कुरेर बसि
आमाले पनि मुखै देख्न नपाइ
सास छोडिन्
भन्दै थिईन्
बिर्खे आयो भने भन्दिनु
मेरो नाममा केही दान नगर्नु
केही नराख्नु पिण्ड
नबार्नु बर्षेनी बरखी
त्यसको साटो मुल बाटोमा एउटा ठुलो
चौतारो बनाइदिनु
एउटा धारो बनाई पानिको असुविधा हटाइदिनु
एउटा पौवा बनाइ बटुवालाई वास दिनु
महङ्गी बढेको छ
त्यो गैरि खेत, डाँडा बारि र पिपलडाँडा
काहिँ पनि बाँझो नछोड्नु
बुहारीलाई वचन नलाउनु
बौँसभरि त्यसैलाइ पर्खेकि छ
बेलैमा आयो भने मोहि पारेर राखिदिएकि छु
खानु भन्नु
यति भन्दाभन्दै आमाले प्राण त्यागिन्
के भन्नु आमा तिम्रो बिर्खे
हत्तारिदै शहर पसेर बुलेट भएछ
तिमिले पारेका मोहि होइन ऊ त बार्न्डेट
दारु पउने भएछ
सानोमा बा हुक्का तान्नु हुन्नरे रोग लाउछ
क्या भन्दै सम्झाउथ्यो
ऊ आफैँ के के नाकनेर लियर सुँघ्ने भएछ
तानेर नपुगेर सुईबाट हान्ने भएछ
हिजो रोधि र मेला पर्वमा जान्थो
डिस्को जाने र अङ्ग्रेजी गाउने भएछ
हिजो फाटेको टालेर लाउथ्यो
नयाँ लुगा काटेर लाउने भएछ
जिवनमा नयाँ गर्नुपर्छ
समयले पर्खिदैन छिट्टै ठुलो बन्नुपर्छ भन्थ्यो
सबै ठाउँमा पुग्नुपर्छ भन्ने उसको सिदान्त थियो
आज उ सबै ठाउँमा पुग्यो
हिजो शहर पुग्यो
उसको नसानसामा जहर पुग्यो
स्वस्निको आखाँमा आँसुको भेल पुग्यो
कुन्नि के के काण्डमा जेल पुग्यो
ऊ ठुलो बन्यो अखबार भरि
फोटो टाँसियो
आज उ हतार हतारमा पसेको शहरबाटै मासियो
तिम्रो पटि, पौवा र चौतारी
गाउँको साथीभाइ र दौतरी
उजेली र उसको यौवन केही
सम्झेन
केही सम्झेन
उ हतार हतारमै गयो
आमा तिम्रो बिर्खे हतार हतारमै गयो