लघुकथाः चिनाका कुरो

लघुकथाः चिनाका कुरो

-ऋषि तिवारी
'यीनले रातको निन्द्राको गहिराइमा खै के पो सपना देखिन् !'

बिहानै उठेर एक्कासी भनिन्, 'तपाईंले जति जे मिहिनेत गरे पनि तपाईंलाई घाटा नै रहेछ । उल्टै कमाएको घरबाट लिदै जानु हुन्छ । के गर्नु पर्यो पैसा ?' म मनमनै भन्थेँ, मेरो खर्च बढेको छ । उनी भन्थिन्‌,'हिड्नुस्, फेरि उनै ज्योतिषी बाकोमा जसले, तीनवर्ष पछि एउटा ग्रह काट्ने पत्थर दिन्छु,घर परिवार शान्त । समाज शान्त । घर ग्रह दसा शान्त भन्ने उक्ति दिएका थिए । आज तीनवर्ष कटिसकेको छ । नभए धेर रित्तिन्छ तपाईंको पैसा । तर म विश्वस्त थिइन् । उनी एउटी नारीमा हुने स्वभावको अन्ध भक्तमा अड्किएकी थिइन् ।

स्वास्नीको मन राख्न भएपनि जाउँला भन्दिएँ ।
र, गयौ पनि शनिबारको दिन उनै ज्योतिषीकोमा, फेरि उही चिना टिपोट बोकेर । यसपल्ट ज्योतिषीले भनेन्, 'तपाईंले सुनको औंठीमा पत्थर हालेर लगाउनु ।'

हामी दुवै बुडाबुडी आ-आफ्नो आँखाले एक अर्काको अनुहार हेर्दै ट्वाँ परेका थियौ । त्यहीपनि पत्नीले भनिन्, 'गुरु तीनवर्ष अघि आउँदा,त पछि एउटा औँलामा सुनको औँठीमा पत्थर हालेर लगाउनु भन्नु हुन्थ्यो त !' गुरुले भनेँ, 'त्यो ग्रह दसा आफै, आफै कटे ।' मिहिनेत गर्नु भो,अफिस सम्हाल्नु भो । आफूलाई विचलित जति आएपनि हरेस खानु भएन । निरन्तर लाग्नु भयो । झन उहांको त ठूलो योग छ आउने दिनहरुमा । देसको ठूलो नेता वा राष्ट्रपतिको बाहुल्यबाट पुरस्कृत हुने योग छ । यस चिना टिपोट प्रति पनि हामी मुखामुख गर्न थाल्यौँ । पत्नीजीलाई साहित्य भनेपछि इलरजी हुन्थ्यो। म भने इख लिन्थे र, फुर्दै भन्थेँ, यस्तै रीसको झोकमा भनेको थिएँ, 'थाम न थाम ! म एकदिन साहित्य फुरेर दाम हैन, राष्ट्रपतिको बाहुल्यबाट विभूषण पुरस्कृत हुनेछु । र, नाम कमाउने छु ।' उनी मेरो विगतको कपोल कल्पितबाट झस्किन्, र, भनिन्, 'के साँच्चिकै हो गुरु ? यो चिना टिपोटमा यस्तो लेखेको छ त ?'

म चाहिँ, 'चिनाको कुरो' भन्दै थिएँ गुरुलाई । उनी भन्न थालिन्, हैन गुरु साँच्चै साहित्यकै कुरो । अफिस हिड्नु भन्दा अघि साहित्य, अफिसबाट घर आयो साहित्य ।

गुरुलाई चाहिँ थाहा रहेनछ म साहित्यकार थिए । गुरुले जिब्रो पड्काउँदै भनेँ, 'ल ठ्याक्कै मिल्यो, चिनाका कुरा !'

विराटनगर-६, ममता-मार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्