-ऋषि तिवारी
'समय माघ महिनाको हुँदो हो ।'
कक्षा एकदेखि कक्षा पाँच सम्मको प्राथमिक स्कूल एउटा रुखको मुनि अवस्थित थियो । गाउँले परिवेश भित्र रुमलिएको स्कूलमा मिना मिस नेपाली बिषय पढाउने गर्नु हुन्थ्यो ।
पाँच कक्षाका सबै विद्यार्थीहरुलाई प्रथमघण्टीमैं, मिना मिसले सबै बाहिर चौरमा घाम ताप्दै पढ्ने, लेख्ने भन्न थाल्नु भयो । यति नभन्दै बालबच्चाहरु गुटुटु आफ्नो पाठ्यपुस्तक कक्षा कोठाबाट बोक्दै बाहिरिए । सबै गोलबद्ध भएर चौरमा बसें । मिना मिस एक हातमा हाजिरी रजिस्टर, र एक हातमा उनको डल्लो र कपालको खोपामा बाँधेको सुइटर बुन्ने काँटा लिदै बालबच्चाहरुको बिचमा बसेर हाजिरीमा नाम बोलाउँदै उपस्थिति जनाउन थाल्नु भयो ।
बालबालिकाहरु पुस्तक पल्टाउन थाले । उता मिना मिस, उनको डल्लो थचक्क भुइँमा गुड्काएर स्विटर उन्न व्यस्त ।
द्वन्द्वकाल थियो । जताततै बम बिस्फोटको चर्चा । हरि एकोहोरो त्यो उनको डल्लो हेरिरहेको थियोह । पोलिथिनको झोलाभित्र र, जुरुक्कै उठेर भन्यो, मिस यो उनको डल्लो जस्तै स्कूलबाट हामी घर जाँदा, बाटोको बिचमै थियो । कल्पु दौडिएर लिन पुगेकी थिइ, भन्दै थिइ, 'यो उनको डल्लो झोलासंगै बोक्छु, मेरो ब्यागमा हाल्छु, अनि मिसलाई, मेरो भाइको लागि टोपी बुन्न दिन्छु ।' मैले रोकेको थिए ।
मिना मिसपनि हतासिनु भयो र, भन्न थाल्नु भो, 'हरि कुन ठाउँमा छ त्यो उनको डल्लो ?' हरि भन्न थाल्यो,, 'त्यो वरपिपलको चौतारी बाटो छेऊ ।'
त्यो उनको डल्लो शंकास्पद वस्तु होला भन्दै मिना मिसले हेडमास्टरलाई पनि सुचित गर्नु भएछ । र, गाउँमा हल्लीखल्ली भयो । कसैले बम भन्न थाले । कसैले मिना मिसको उनको डल्लो भन्न थाले । गाउँलेहरु त्रसित थिए, एकैछिनमा भेला भए । प्रहरी, आर्मी डाकियो । अनन्त त्यो शंकास्पद वस्तु के थियो? आर्मीले अनुसन्धान सुरु गरे ।
“त्यो त मेरो पोको हो”, हरिले भन्यो ।
उसले त्यसो भन्नासाथ प्रहरीले उसको पाखुरा समात्यो ।
के हो? कहाँबाट के ल्याएको ? प्रहरीले हप्काउदै सोधे ।
“आमाले खाजा खान दिएको पैसा बचाएर जम्मा गरेको हुँ। आफू जस्तै गरीब विद्यार्थीहरुको लागि सिसा कलम र, किताब कापी किन्दिने सोंच बनाएको छु। त्यो पोलिथिन भएको पैसा बाटामै थाहा पाइन।” हरिले डराउदै भन्यो ।
हरिको कुरा सुनेर उसलाई पक्रेर हप्काउने प्रहरीको मुख रातो भयो ।
विराटनगर-६, ममता-मार्ग ।