-सविना श्रेष्ठ
समीरको स्वास्नी जहिले बिरामी पर्थिन्। बिहान सन्चै हुँदा बेलुकी आउँदा हँ हँ को बिसन्चो झैँ बिरामी परिरहेकी हुन्थिन् ।
एक दिन हैन दुई दिन हैन दिनहुुँ बिरामी परेकोले समीर दिक्क भैसकेका थिए ।
छोराछोरी पकाउ खुवाउ स्कुल पुर्याउनु अपिस जानू बजार जाउ सब्जी ल्याउ आदि कुरा आफै धान्नु पर्ने।
र पनि गर्दै थिए ।
रस्मिताले एक दिन लोग्नेलाई भनिन्, "म कहिले सन्चो नि नहुने भएँ हजुर अर्को ल्याउनु हौ !"
समीरले भने, "हैट कस्तो कुरा गरेकी दुई दुई वटा सन्तानको बाउले कसरी ल्याउनु ? अलिक सुहाउँदो कुरा गर न हौ ?"
फेरि छोराछोरी पनि ठूला भैसकेका छन् के भन्लान?
रस्मिताको स्कुल देखि पढेका साथी फुत्त आइपुगे । "हैन के कुरा चल्दैछ हौ बुडाबुडीको ?" जवाफ पाए, "हैन हाम्रो घरायसी कुरा चल्या हो ।" उनीहरू, "ए !" भन्न थालेँ ।
समीर छोराछोरी लिँदै अफिस लागे ।
दिन भरी रस्मिता र उनका पुरुष साथी गफिदै बसे। "हेर न मैले मेरो लोग्नेलाई कहिले खुशीदिन सकिन तिम्रो स्वास्नी पैंचो देउन ! म फिर्ता गरुलानी !" यति भन्दै थिए । छोराछोरी आइपुगे सानी छोरिले त्यो कुरा सुनिहालिछ्न।
"हैन आमा अंकल संग के पैंचो माग्नुभा अंकल को स्वस्नी अरु के भन्छ ?" आमाको कुराले छोरीलाई भारी भो फेरि आमालाई फकाएर सोधिन्, "आमा पैचो भनेको के भन्या ?" आमाले भनिन्, "तेरा बाउलाई, स्वास्नी पैंचो माग्देको नि
आमको कुरानबुझेर छोरीले दाजुलाइ सोधिन दाजु मान्छे पनि पैँचो? !"
विराटनगर-१२