-पारस भट्ट " प्यासी "
केही काम गरेर खाउँ भनेपनि शरीर छैन हात छैन
भोको पेट चिच्याइ रहन्छ दाल तरकारी भात छैन
आमाबाबु पनि बितिहाले घरमा कोहि छैन साथमा
आकाश हेरिहेरी दिन बिताउँछु, नरोएको रात छैन
बिलौना छन् कथा छन् दु:खले मात्रै स्पर्श गरिरहन्छ
खुसिको आभास गरेको छैन् कुनै खास बात छैन
हावाहुरी चलेर सबै झरिसके मेरा खुसिहरु यहाँ
सुक्दै गयो जिन्दगीको रुख हाँगाहरुमा पात छैन
साहारा गरिदेउ भनी छरछिमेकमा हात जोर्नपनि
आश्रयहीन छु आफ्नो कुनै जग्गा जमिन मात छैन
सुदुरपश्चिम,बैतडी