-देवराज तामाङ
सम्झनाका डाटाको भिडबाट छुटेर
संवेदनाको जगतमा डुबेर
आम मानवता अँगाल्न खोजिरहेको छ
बुद्ध वा गान्धी बन्नु भनेको होइन लय
साधारण मान्छे हो, विश्व यही हो भय
मेसिनको तर्कबाट टाढिएर
मानवीय चेतनामा गढिएर
सजीवताको सागर खोज्दै छ।
सफ्टवेयरले बुझ्न सक्दैन कथाहरू
डिकोड गर्न सक्दैन व्यथाहरू।
प्राकृतिक रहरबाट जन्मिने आनन्दहरू
अनुभव गर्न चाहन्छ सबै यथार्थहरू।
मानवीय संवेदनाहरू गुमाउँदै जान्छ
शून्यतामा समाउँदै अस्तित्व जान्छ।
इन्द्रियहरू जकडिएका छन् कठिन नियमहरूमा
आत्मा अलमलिएको गणितीय सूत्रको शासनहरुमा
मानव प्रकृतिबाट यान्त्रिक बनेको जीवन यो
तृष्णाले व्याकुल भएर पानी खोजिएको थियो।
तर प्यासलाई नै बाँच्ने बाटो बनाइएको छ
जीवनको यथार्थतालाई अनुभव गर्न चाहिएको थियो ,
तर केवल अनुकरणकै जालोमा फसेर बाँचिरहेको छ
संघर्ष र द्वन्द्वबाट मुक्त भएर जीवन जिउन चाहिएको थियो,
तर यो शून्यता नै मुक्ति रहेछ अन्त्यमा।
प्राकृतिक र कृत्रिम भेदको बिन्दु कहिल्यै देख्न पाइएन
लय र लयका सिमानाहरूमा सुख्खा जीवन जिउन बाध्य छ।
कर्म र धर्मको दलदलमा फसेर बाटो बिर्सिएको छ
भ्रमको भुमरीमा परेर सही मार्ग हराइएको छ।
मायाको मोहजालमा अल्झिएर कब्जा गरिएको छ
विश्वास र आस्थाको अन्धकारले घेरिएको छ।
स्वतन्त्रताको ज्योति झल्किनबाट रोकिएको छ
अस्तित्वको गहिराईमा डुबिएको छ।
सृजनशीलताको झरना सुकेर जाने ठाउँमा पुगिएको छ
भावनाको महाकविता लेख्न नसकिने अवस्थामा छ।