विराटनगरका मदरसा : महानगरको वर्षेनी अनुदान, छैनन् दरबन्दीका शिक्षक

विराटनगरका मदरसा : महानगरको वर्षेनी अनुदान, छैनन् दरबन्दीका शिक्षक

इन्दु साह
विराटनगर। विराटनगर माहानगरपालिकाभित्र १६ वटा मदरसा छन् । धार्मिक विद्यालयको मान्यता पाएका मदरसालाई महानगरपालिकाले अन्य सामुदायिक विद्यालय सरह अनुदान दिदैं आएको छ । झापा, मोरङ र सुनसरीबाट मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत मदरसामा स्थानीय तहले अनुदान दिने गरेपनि शिक्षक दरबन्दी भने छैनन् ।

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्ण भट्टराईका अनुसार मा.वि. तहका मदरसामा दशलाख, कक्षा ८ सम्म भए पाँचलाख र कक्षा ५ सम्मका लागि २ लाख ४१ हजारका दरले वार्षिक अनुदान उपलब्ध गराउने गरिएको छ । भौतिक संरचना विकासका लागि सामुदायिक विद्यालय सोसरह नै अनुदान उपलब्ध हुने गरेको हो ।

सामुदायिक विद्यालय जस्तै मदरसामा दिवा खाजा , सेनिटरी प्याड, छात्रवृत्ति,पाठ्यपुस्तक लगायतका सेवा सुविधा माहानगरबाट पाईरहेको छ । अन्य विद्यालय जस्तो शिक्षक दरबन्दि मात्र माहानगरले दिन नसकेको शिक्षा शाखा प्रमुखको भनाई छ । महानगरले दिएको अनुदान सदुपयोग भए नभएको माहानगरकै टोलिले अनुगमन गर्ने गरेको छ । बिराटनगर ४ मा भएको मदरसा फैजुन नवि आधारभुत विद्यालयको स्थापना ३० वर्ष अगाडि गरीएको थियो । यो विद्यालयमा कक्षा १ देखि पाचँ सम्म गरी जम्मा १ सयजना विद्यार्थी अध्यन्नरत छन् । मौलाना मो. नेयमेतका अनुसार यस मदरसाले धार्मिक अनुदान २ लाख ४१ हजार र अन्य अनुदान १ लाख रुपैँया पाउने गरेको छ । महानगरमा सामुदायिक विद्यालयको रुपमा मदरसा दर्ता गराएदेखि आर्थिक अभाव झेलिरहनु परेको मौलाना (प्रधानध्यापक) ले बताए। सामुदायिक विद्यालय भएदेखि विद्यार्थीसंग शुल्क उठाउन नपाउने भएकोले आर्थिक अभाव भईरहेको उनले बताए ।

विराटनगर ८ मा रहेको तालिमुल कुरान आधारभुत मदरसामा ३ सय पन्ध्रजना विद्यार्थी छन् । यहाँ कक्षा १ देखि ८ सम्म अध्यन्न अध्यापन गराईन्छ । मौलाना अब्दुल अजिजका अनुसार यस मदरसा विद्यालयमा कम्तिमा पनि ९ जना शिक्षक आवश्यक पर्दछ । तर महानगरले अन्य विभिन्न सुविधा दिएपनि शिक्षक दरबन्दी नगराउदा धार्मिक विद्यालयहरुमा आर्थिक सड।कट हुने गरेको बताए । मदरसामा रहेका शिक्षकहरुलाई न्यूनतम तलब समेत दिन आर्थिक समस्या हुने उनको भनाई छ । तर, बिराटनगर ६ मा रहेको जामिया इस्लामिया माध्यमिक विद्यालयले महानगरले दिनेगरेको सेवासुविधा भने लिन अस्वीकार गरेको छ । यस मदरसाका मौलाना जाकिर सेखले मदर्सा धार्मिक विद्यालय भएकोले आफ्नै धर्मअनुसार महानगरको हस्तक्षेप बिना संचालन गर्ने उद्देश्यकासाथ महानगरले अन्य समुदायिक विद्यालयलाई दिईरहेको अुनुदान लगायतका सुविधा नलिएको बताए । २ सय ५० विद्यार्थीरहेको यस मदरसामा कक्षा १ देखि १० सम्म पठनपाठन गराईदै आएको छ ।

बिराटनगरका विभिन्न स्थानमा भएका मदरसा विद्यालयहरु 
बिराटनगर ८ मा रहेको मदरसा रजाए मुस्तफा आ.वि.
बिराटनगर ९ मा रहेको नेपाली ईस्लामीया मदर्सा (कक्षा १–८)
विराटनगर ८ मदर्सा ताजुल ईस्लाम आ.वि. (कक्षा १–८)
बिराटनगर १४ मा रहेको रिजभिया मझारे इस्लामीया आ.वि.
बिराटनगर १५ मा रहेको मदरसा अन्वारुल इस्लाम आ.वि.
विराटनगर १५ मा रहेको मदरसा मजहरे इस्लाम आ.वि.
बिराटनगर १५ मा रहेको मदरसा इस्लाहुल मुस्लेमिन आ.वि.
बिराटनगर १७ मा रहेको मदरसा असरफिया इजहारुल उलुम आ.वि. (कक्षा १–८)
बिराटनगर १७ मा रहेको मदरसा फरिदिया रियाजुल उलुम आ.वि. मा (दर्ता मस्जीद कोवा आ.वि. कक्षा १ मात्र छ)
बिराटनगर ६ मा रहेको मदरसा सहबाजिया माध्यमिक विद्यालय कक्षा १ देखि १० सम्म छ ।
बिराटनगर ६ मा रहेको जामिया इस्लामिया माध्यमिक विद्यालय
बिराटनगर ६ मा रहेको मदरसा इस्लाहुल बनात आ.वि.
बिराटनगर ५ मा रहेको मदरसा इमाम अबुहनिफा आ.वि.
बिराटनगर ५ मा रहेको मदरसा कादरिया इस्लामिया आ.वि.
बिराटनगर ४ मा रहेको मदरसा फैजुन नवि आधारभुत विद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्