बालबालिकालाई अटिजमबाट मुक्त बनाउँदै विराटनगरको अनमोल विशेष विद्यालय

बालबालिकालाई अटिजमबाट मुक्त बनाउँदै विराटनगरको अनमोल विशेष विद्यालय

इन्दु साह
विराटनगर । पाँचवर्ष पहिले तीन बर्षकी सान्बी जिद्दी थिइन् । उनी एकै स्थानमा बस्न सक्दैनन् थिइन् र अरुसँग कुराकानी गर्न पनि उनमा ईच्छा हुन्नथ्यो । तीनवर्षको उमेरमा उनमा देखियो यो लक्षण अहिले भने उनमा धेरै हदसम्म समाधान भएको छ । उनीमा अटिजमको समस्या भएपछि उनका अभिभावकले उनिलाई विशेष स्कुल भर्ना गरिदिए ।

विराटनगर–३, आयलनिगममा रहेको अनमोल स्पेसल एजुकेसशन सेन्टर आएपछि भने उनको स्वभावमा परिवर्तन भयो । अहिले उनी सबैसँग बसेर मज्जाले कुराकानी गर्नसक्ने भइन् । त्यसैले उनलाई अब सामान्य प्रकारको विद्यालय भर्ना गर्ने तयारी छ ।
अनमोल स्पेसल एजुकेसशन सेन्टरकी संस्थापक प्रिन्सिपल एवं बाल विकास शिक्षिका संगीता न्यौपानेका अनुसार अजिटमका कारण हाल समाजमा सान्बी जस्ता धेरै बालबालिकाहरु समस्यामा पर्ने गरेका छन् । अनमोल स्पेसल एजुकेसशन सेन्टरमा मात्रै हाल ६५ जना भन्दा धेरै बालबालिकाहरुले विशेष शिक्षा लिईरहेका छन् । २०७४ सालमा सन्चालन भये यता मात्रै झण्डै एक हजार जती बालबालिका यहाँ आईसकेका छन् । विशेष विद्यालय स्थापना हुँदाताका अन्य विद्यालयमा भर्ना भईसकेपछिका बालबालिका यहाँ भर्ना हुने क्रम थियो, न्यौपानेले भनिन्–अहिले भने भने अभिभावक सचेत हुँदै गएका कारण सोझै यहाँ भर्ना हुने क्रम बढ्दो छ ।

अनमोल विद्यालयकी निर्देशक तथा मनोसामाजिक परामर्शकर्ता अर्चना पोख्रेल रिमालका अनुसार अटिजम भएका बालबालिकाहरुको विकास सामान्यतया अन्य बालबालिका भन्दा फरक किसिमले हुने भएकोले उनिहरुमा फरक व्यवहार र हाउभाउ देखापदर्छ । आँखा नजुधाउनु, समूहमा खेल्न नरुचाउने, एउटै व्यवहार दोहो¥याई रहने, एकोहोरिने लगायत विभिन्न प्रतिक्रिया देखिए अटिजम भएको बुझ्नु पर्ने रिमालको भनाई छ । अनमोल स्पेसल एजुकेसशन सेन्टरमा विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकलाई निशुल्क रुपमा परामर्श दिने गरेको र अटिजम भएका बालबालिकाका अभिभावकलाई समेत तालिम दिने गरेको जानकारी मनोसामाजिक परामर्शकर्ता रिमालले गराएकी छिन् । अजिटमको समस्या बढ्दै गएपछि विराटनगरमा छ वर्ष अगाडी विशेष विद्यालयको रुपमा अनमोल स्पेसल एजुकेसशन सेन्टरको स्थापना गरिएको थियो ।

अटिजमको लक्षण १८ महिना मा नै बालबालिकामा देखिने गरेको छ । देखिएकामध्ये अधिकांशमा गर्भावस्थाबाटै यो समस्या आउने गरेको छ । जसको निरुपणका लागि विभिन्न किमिसका थेरापी लगायतको उपचार पद्धति रहेको छ । जसका लागि विद्यालयलाई पढाईको रुपमा नभई बालबालिकाको भावनाको कदर गर्ने रुपमा विकास गर्नुपर्ने हुन्छ । बालबालिकालाई सिकाउने तरिका नै फरक हुने गरेको छ ।
अटिजमका सामान्य (माएल्ट), मध्यम (मोडियट) र उच्च जोखिम (सिविएर) हुन्छन् । जोखिमको अवस्था हेरेर बालबालिकाको बानीको विकासमा ध्यान दिईने गरिएको छ । समस्या भएर भर्ना गर्ने बित्तिकै पहिलो चरणमा प्ले ग्रुपमा राखिन्छ । जहाँ मनोरञ्जनात्मक क्रियाकलाप बढी हुने गर्दछ । त्यसपछि बालबालिकाको क्षमता, आवश्यकता पहिचान गरेर उनीहरुलाई तहगत रुपमा राखिन्छ । यस विद्यालयमा अकुपेसन, सेन्सरी, स्पीच लगायत बिबिध प्रकारले थेपारी गर्ने गरिएको छ । अन्य विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागी एक घण्टाको सेन्सरी र विशेष शिक्षाको थेरापी हुने गरेको छ । अर्को सेसन भनेको स्कुलिङको हुने गरेको छ ।

प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म यस विशेष विद्यालयमामा बालबालिकाहरुलाई खाना खाने, शौचालय जाने तालिमका साथै आबस्यक्ता अनुरुपको थेरापी समेत हुने गरेको छ । त्यस बाहेक अन्य बिबिध र सामुहिक कार्य समेत हुने गरेको छ । प्रारम्भिक बालबिकासको कक्षा देखी एल। केजी।, यु।केजी। हुँदै तहगत रुपमा विद्यार्थीको आवश्यता अनुरुप पढाइन्छ ।

अटिजम के हो ?
अटिजम बाल विकाशसंग संबन्धित समस्या हो । यसले बालबालिकाको बोलीचाली र ब्यबहारलाई असर पारिरहेको हुन्छ । अटिजम जुनसुकै उमेरमा यस्को पहिचान भएपनि यसका लक्षणहरु भने बच्चा १८ महिना भएपश्चात मात्र देखा पर्दछ । डी.यस्.यम्.५ (मानसिक स्वास्थ्यको अध्ययन र निदान गर्नको लागि बनाइयेको पुस्तिकको पाँचौ सस्करण) का अनुसार अटिजम ले ब्यक्तिलाई अन्य व्यक्तिसँग कुराकानी गर्नमा र पारस्परिक सम्बन्ध बनाउनमा नकारात्मक असर पार्छ । कुनै खास कुरामा धेरै रुची लिने, एउटै कुरा वा एउटै काम बारम्बार दोहोर्याइ राख्ने बनाउन सक्छ । व्यक्तिको सिक्ने र काम गर्ने क्षमतामा बधा पुर्याउँछ । यसलाई अटिजम “स्पेक्टरम“ डिसअर्डर किन भनिएको हो, भने एउटा अटिजम भएको ब्यक्तिको लक्षण र तिब्रता अर्को ब्यक्तिको लक्षण तिब्रता भन्दा एकदमै भिन्न हुन सक्छ । अटिजम जिन्दगीभरिको लागि समस्या भएतापनि उपचार र थेरापीले ब्यक्तिमा भएको लक्षणलाई कम गर्ने र जीवन उपयोगी सीपको विकास गर्न सकिन्छ ।

अटिजमका लक्षणहरु
–अरुसँग आँखा जुधाउन नसक्नु वा एकदमै कम मात्र हेर्न सक्नु
–अरुतिर नहेरे जस्तो, नसुने जस्तो वा अटेरी भएजस्तो देखिनु
–केही चिज चाहियो भने अरुको हात समातेर त्यो चिज भएतिर लैजानु तर आफ्नो हातले न औल्याउनु
–कसैले बोलाउँदा प्रतिक्रिया नगर्नु वा एकदमै ढिलो प्रतिक्रिया गर्नु
–कुरा बुझेर कुराकानि गर्न कठिनाइ हुनु,
–आफÞुलाइ मन परेको कुराको बारेमा अरुलाई मन परेपनि नपरेपनि कुरा गरिराख्नु, अरुको भावनाको मतलव नराख्नु,
–अनुहारको भाव र हाउभाउ अनुसार कुरा गराई नमिल्नु,
–बोल्दाखेरि गीत गाएजस्तो गरि वा रोबोटले बोले जसरी एउटा लयमा बोल्नु,
–अर्को मान्छेले के भन्न खोजेको हो भनेर बुझ्न नसक्नु
–अर्को मान्छेले के गर्छ होला भनेर अन्दाज लाउन नसक्नु

अटिजममा खास किसिमको व्यवहार पनि हुन्छ
–कुनै शब्द वा कुनै वाक्य दोहोर्याइ राख्नु (इकोलालिया)
–कुनै कुरामा एकदमै बढी लगाव हुनु (कुनै अंकमा, बिचारमा, वा कुनै चिजबिजमा)
–सामानहरुलाई एकदमै ध्यान दिएर हेर्नु (प्राय घुम्ने कुरा वा खेलौनाको टुक्रा हेरिरहनु)
–दैनिक क्रियाकलापमा अलिकतिपनि हेरफेर भयोभने अत्तिनै आत्तिनु, रूनू,कराउनु ईत्यादि
–आवाज्, स्पर्श, गन्ध, स्वाद वा दृष्यमा आत्तिनै धेरै चाहाना राख्नु वा पटक्कै मन नपराउनु (अटिजम स्पेक्र्टम डिसअर्डर भएक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्