लघुकथा : बिहे

लघुकथा : बिहे

-पारस भट्ट (प्यासी)
कोठामा रासन नुन तेल सक्किएको थियो आज बिहानै चिया नास्ता गरेर म बजार तिर लागे" बिस्तार बिस्तारै गित गुनगुनाउँदै एक ध्यानले एक्लै बाटोमा हिडिरहेको थिए पछाडी बाट मेरो पिठ्युँमा कसैले छोए जस्तो लाग्यो यसो पछाडी फर्केर हेर्छु आफ्नो प्रतिबिम्ब बाहेक कसैलाइ देखेन "फेरि म आफ्नै सुरमा अलिकती अगाडी बढे पछाडी लेडिज जुत्ती र पाइजपको आवाज आयो!
फर्केर हेर्छु त कसैलाइ देख्दैन त्यो पाइजबको आवाज सुन्दा मलाइ लागिरहेको थियो कि यस्तै आवाज आउने पाइजब त मैले केही बर्ष अगाडी मेरो प्रेमिकालाइ जन्मदिनमा उपहार दिएको थिए !

भयो ती कुराहरु नझम्झुँ भनेर पाइला अगाडी सार्ने प्रयास गरे तर मनले मानेन फेरि पनि म यता उति हेर्न थाले तर त्यहा उ कतै देखिन त्यहाँ एउटा नयाँ घर बन्दै थियो र ढलान गरिराखेका थिए! मेसिनले गिट्टि बालुवा सिबेन्ट मिसाउँदै गरेको देख्दा मलाइ हेरि रहन मन लाग्यो !
गाउँको मान्छे त्यस्तो कहिले नदेखेको नयाँ कुरा सबैलाइ रमाइलै लाग्छ म केही बेर त्यहीँ उभिएर हेरिरहे फेरि झट्ट याद आयो पाइजब बजेको थियो ला मैले त बिर्सेछु भनेर टाउकोमा हात राखेर त्यही नीर तनाव भएर बसे" मान्छेको खुट्टामा पो बसिएछ
उभिएर भित्ता तिर हेर्छु प्रेमिकानै लुकिरहेकी रहेछ !

दुई तीन बर्स पछिको भेट मलाइ केही बोल्नै आएन कस्तो उकुसमुकुस भयो! झट्ट अङ्गालो मारुकी भनेर हात अगाडी गर्दैथिए टाउकोमा नजर पर्यो उस्लेत कसैको हातले सिउँदो रंगाइसकेको रहेछ तर म पनी त उस्ले माया गरेको मान्छे हुँ मलाइ देखेपछी आँखाबाट आँसु चुहाउँन थाली हामी एक अर्कालाइ हेरि रहिउँ !
कसरी यस्तो भयो ?यत्तिका बर्स सम्म किन फौननै सुइचअफ गरेर बसेकी? भनेर मैले प्रश्न गरे उस्ले जवाफ दियो !
मेरो आमा बुवाले हाम्रो बारेमा सब्बै थाहा पाएको रहेछ उ बाहुन परिवारको हामी दलित परिवारको हाम्रो जात भात मिल्दैन तैंले उस्लाइ आजदेखी भेट्यो उ सँग बोल्यो भने हामी आमाबाबु नैं मरिदिन्छौ भनेर मलाइ आमाबाबुले डराएको थियो !

मोबाइल पनि खोसेर राखिदिएकि थियो एक बर्स पछि यहि पल्लो गाउँको केटासँग मेरो बिवाह गरिदिनु भयो अहिले एउटा छोरो र एउटा छोरी पनि छिन् ! एक बर्स पछि बाबुआमा पनि बिते अहिले यही घरमा छु तर श्रीमानले रात दिन रक्सी खाएर गाली गर्ने गर्छ हाम्रो सम्बन्ध राम्रो छैन

"मत अब धेरै बाच्दिन् होला"

आमाबाबुको गर्दा मैले मेरो भबिस्य बिगारे " उति बेला मैले आमाबाबाको भनेको नसुनेर आफ्नो मन परेको मान्छे सँग बिवाह गरेको भए म यत्यी दु:ख पाउने थिएन! आमा बुवात बितिहाल्नु भो तर अब यति लामो जिन्दगी यो जड्याहा सँग मैले कसरी बिताउने होला

" मलाइ प्रश्न उठायो !!
मैले उसलाई भने ठिक छ अब बिगतलाइ नसम्झ तिमी कसैकी भइसक्यौ त्यसैमाथि बच्चाहरुकी आमा अब जे जसो दु:ख सुख गरेर पनि त्यही परिवारमा रमाउन सिक मर्नु भनेको कायरको काम हो तिमिले धेरै कुरा भोगेकी छेउ अब तिमिलाइ जस्तो अरुलाइ दु:ख नपर्न दिनको लागि लडेर अघि बड्नु!
के गर्नु मनमा माया त कति थियो कति जड्याहा भएपनी उ पनि मान्छेहो उस्को घर बिगारेर मैले आफ्नो घर बनाउन चाहेन त्यै भएर उसै सँग मिलेर बस्नु भन्ने सल्लाह दिएर म पनि बजारतीर रासन पानी नुन तेल किनमेल गर्न गए!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्