गजल

गजल

-उदयअतीत
यत्ति परिपक्क बन्नु थिएन अन्जानी बनेर
किन आयौ दिलमा राज गर्न परानी बनेर

मलाई वास्ता नगर्ने हरुलाई म पनि हेर्ने छैन
मनमा कति सजाउनु उसलाई परिसानी बनेर

प्रेम थियो र त सिताले रामको प्रतिक्षा गरिन
रामायणले पनि हरण गरेको हो बैमानी बनेर

मुस्कान बाट सुरूभई आँसुमा समाप्त गरियो
जिवनमा ठूलो भुल गरे कसैको जवानी बनेर

दुख लाग्छ यत्रो जिन्दगी दिने भगवान् सँग पनि
अलिकति खुशी दिन सकेन जिन्दगानी बनेर

पर्खाई त्यो रातको छ मेरो ढुक्कले सुत्न सकुँ
मेट्टिन पाँउ आफ्नाहरूको सामु खरानी बनेर

अनगिन्ती भावनाले भरिएको शब्द हुनेछ त्यो दिन
प्रेमको परिभाषा दर्साउन आउँछु कहानी बनेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्