-ऋषि तिवारी
हिजो राति संगसंगै हाँसो ठट्टागर्दै सुतेकी श्रीमती, म बिहानीपखको प्रभातफेरिको लागि उठ्ने तरखर गर्दैथिए । उनि कता कता मुख छोपेर सुकसुक रुदै थिइन।
मैंले सोधें, "के भो नमिता किन एसरी रोएकी? " उनि भन्थिन्, "आज मातातीर्थ औंसी, आमाको सम्झनाले सतायो, आमा वितेको पनि आज दस महिना भएछ ।" उनी आफ्नो आमाको दिवगंतले भावुक भएकी थिइन् ।
म उसैगरी उनलाई सम्झाउँथें, आफू पनि आमा वियोगको पिडित नै थिएँ। हामी दुवै आमा विनाको टुहुरो थियौ । उनले आफ्नो आमाको सम्झनामा दुई थोपा आँसु खसाउँदै थिइन् भने मैले उठ्नु भन्दा पहिल्यै आमालाई सम्झेर आमाको चरणमा दुई थोपा आँसुले आमाको खुट्टा पखालिसकेको थिएँ ।
सम्झाउँनतिर लागे नमितालाई, "संसार यस्तै छ, दैव त्यस्तै छ, जसलाई मन लाग्छ टपक्क टिप्छ तिम्रो हाम्रो के लाग्छ ?"
उनी पुलुक्क मेरो अनुहार हेर्थिन् र भन्थिन्, "तपाईंको आँखाको परेली पनि भिजेछ ।" म भन्थें उनलाई, "मातातीर्थ औंसीको हरेक साल मेरो आँखाको परेली भिजेकै हुन्छ, यो नै मेरो आमाको लागि छोरोको अमूल्य आँसु हुन्छ ।"
विराटनगर -६ ,ममता-मार्ग ।