एसइई दिएका विद्यार्थीलाई उत्तम विकल्प हुनसक्छ “ए लेभल” कोर्ष ,अब पुर्वमा सुरु हुदै 

एसइई दिएका विद्यार्थीलाई उत्तम विकल्प हुनसक्छ “ए लेभल” कोर्ष ,अब पुर्वमा सुरु हुदै 

संसारभर ए लेभल लोकप्रिय बन्नुको कारण यसको वैज्ञानिक पाठ्यक्रम, व्यावहारिक शिक्षा, विश्वस्तरको मान्यता र उत्कृष्ट नतिजा नै हुन् । ए–लेभल पढाउँदै आएका विद्यालयका संचालकहरू परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको बताउँछन् । समय सुहाउँदो र प्रविधिमैत्री पाठ्यक्रम यसको विशेषता हो ।

ए लेभलमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास, छलफल, सामूहिक क्रियाकलाप, अनुसन्धान, प्रस्तुतिकरण, समसामयिक अध्ययनलगायतका शैक्षिक क्रियाकलापमा निरन्तर सहभागी गराइन्छ । यस्ता क्रियाकलापले विद्यार्थीलाई सशक्त र आत्मविश्वासी बनाउने गर्दछ ।

ए लेभल पढेर सबै विदेश जान्छन् भन्ने पनि होइन, स्वदेशकै विभिन्न विश्वविद्यालयमा पढ्नेहरूको संख्या पनि उल्लेख्य छ । विद्यार्थीले आफ्नो विषयगत अध्ययनका आधारमा चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीलगायत अन्य प्राविधिक विषयमा पनि अध्ययन गर्न सक्छन् ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयद्वारा सञ्चालित ए लेभल पाठ्यक्रम र परीक्षा प्रणालीका हिसाबले माथिल्लो तहमा कुनै पनि विषय छनोट गर्न सकिने गरी लचिलो छ । विश्वका धेरै मुलुकमा ७० वटा विषयमध्येबाट छनोट गर्न पाइने भए पनि नेपालमा भने १८ वटामध्येबाट छानेर चारवटा विषय पढ्नुपर्ने हुन्छ ।

ए लेभलमा मानविकी, व्यवस्थापन र विज्ञान संकायमध्येबाट चारवटा विषय छनोट गरेर पढ्न पाइन्छ । नेपाली कलेजहरूले जनरल पेपरअन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाएका छन् । यसको अर्को महत्वपूर्ण विशेषता विद्यार्थीले अलग–अलग संकायका विषय पनि पढ्न पाउँछन् ।

उदाहरणका लागि एउटा विद्यार्थीले अनिवार्य अंग्रेजीका साथै विज्ञान संकायको भौतिकशास्त्र, मानविकीको समाजशास्त्र र व्यवस्थापनको लेखा पढ्न पाउँछ । भर्नाकै समयमा परीक्षाको तालिका निर्धारित हुने भएकाले पनि विद्यार्थीलाई ‘करिअर प्लान’मा थप सहजता हुन्छ ।

संसारभर ए लेभलको पाठ्यक्रम निर्धारण, शिक्षण, परीक्षा र ग्रेडिङ प्रणाली सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गर्छ ।
ए लेभलको परीक्षा प्रत्येक वर्ष दुईपटक मे/जून र अक्टुबर/नोभेम्बरमा विश्वभर एकसाथ हुन्छ । परीक्षा भएको ६ देखि ७ हप्ताभित्र विश्वभर एकसाथ नतिजा प्रकाशित हुन्छ ।

विद्यार्थीले आफ्नो क्षमता र तयारी अनुसार ६/६ महीना, एक वर्ष वा एकैपटक दुई वर्षमा समय रोजेर परीक्षा दिनसक्ने व्यवस्था छ । ग्रेडिङ प्रणालीमा नतिजा आउने ए लेभलमा ‘डी’ भन्दा माथिको ग्रेड ल्याउने विद्यार्थीले विदेशका विश्वविद्यालयमा पढ्नका लागि छुट्टै आईईएलटीएस टोफेल जस्ता अंग्रेजी भाषा परीक्षा पनि दिनुपर्दैन ।

लिखित, मौखिक, प्रयोगात्मक र प्रोजेक्ट वर्कका आधारमा विद्यार्थीको मूल्यांकन गरिने हुँदा एकदिने जाँच विधिभन्दा उत्कृष्ट मूल्याङ्कन हुन्छ । ब्रिटिश काउन्सिलले प्रत्येक विषयमा प्रत्येक सेसनमा विश्वमै सर्वोत्कृष्ट वा नेपालमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विश्वका राम्रा विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसरसमेत दिइरहेको छ ।

१० कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले ए लेभल पढ्न पाउँछन् । नेपालमा २०४३ सालदेखि बूढानीलकण्ठ स्कूलबाट शुरू भएको ए लेभल अहिले ४० भन्दा बढी स्कूलमा पढाइन्छ । काठमाडौंका अलावा पोखरा, नारायणघाट, बुटवलका साथै मोरङको  उर्लाबारी वर्ल्ड एकेडेमीमा यसै बर्षबाट कृतिका एजुकेशन एण्ड हेल्थ फाउन्डेसनको सहकार्यमा ए लेभलको पढाइ हुने भएको छ । कोशी प्रदेशमा उक्त कोर्ष सुरु भएपछी विद्यार्थीहरुले ए लेभल पढ्न काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्