टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा अष्ट्रेलियाको १५ सदस्यीय टोलीको घोषणा

<span class='c1'>टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा</span> <span class='c2'>अष्ट्रेलियाको १५ सदस्यीय टोलीको घोषणा</span>

काठमाडौं । अष्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

विश्वकपमा टिमले टी–२० अन्तर्राष्ट्रियका पूर्णकालिक कप्तान मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ । भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन् ।

टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेल जस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । यसबाहेक अष्ट्रेलियाका टेष्ट र एकदिवसीय कप्तान प्याट कमिन्सलाई पनि टोलीमा राखिएको छ । प्याट कमिन्स हाल आईपीएल २०२४ मा सनराइजर्स हैदरावादको नेतृत्व गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दा खासै राम्रो प्रदर्शन गर्न नसकेका अलराउन्डर क्यामरुन ग्रीनलाई पनि टोलीमा मौका दिइएको छ ।
सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अष्ट्रेलिया उपाधि जित्ने प्रबल दावेदार हुनेछ । बोर्डले प्रतियोगिताका लागि टिममा रहेका अधिकांश अनुभवी खेलाडीमा विश्वास व्यक्त गरेको छ । अष्ट्रेलियाले आईपीएल २०२४ मा विस्फोटक इनिङ्स खेलिरहेका ज्याक फ्रेजर म्याकगुर्कलाई टिममा राखेको छैन । म्याकगुर्कको नामलाई लिएर निकै चर्चा भएको थियो । अष्ट्रेलियाले केन्द्रीय सम्झौतामा परेका मार्कस स्टोइनिसलाई मौका दिएको छ ।

विश्वकप खेल्ने अष्ट्रेलियाको टोली :
मिचेल मार्स (कप्तान), प्याट कमिन्स, एस्टन आगर, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्