घट्यो सुनको मूल्य

<span class='c1'>घट्यो सुनको</span> <span class='c2'>मूल्य</span>

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मंगलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्